बिहीबार, वैशाख १३, २०८१

जापानको नारिता उड्ने भए निगमका जहाज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ।
    
आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो। निगमले आउँदो अक्टोबरअर्थात् असोज महिनादेखि चार्टर्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए। निगमले नारिता विमानस्थलमा दुई वटामात्र चार्टर्ड उडान अनुमति पाइएको बताइएको छ। वाइडबडी ए–३३० जहाजमार्फत ओसाका र नारिता उडान गरिनेछ।
    
निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ। यो गन्तव्यमा सातामा तीन दिन उडान गर्ने निगमको योजना छ। नारिता गन्तव्यमा धेरै नेपाली यात्रु पाउने निगमको विश्वास छ। नारिता जापानको राजधानी टोकियो प्रवेश गर्ने मुख्य हवाई प्रवेशद्वार मानिन्छ। ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ।    
    
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।