शुक्रबार, वैशाख ७, २०८१

स्वर्गद्वारी जोगाउनै सकस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - आफ्नो सम्पत्तीमा अरुले कब्जा जमाएपछि प्यूठानस्थित प्रसिद्ध स्वर्गद्वारी आश्रम यतिबेला संकटको अवस्थामा पुगेको छ। आश्रमको नाममा रहेको अर्बौं मूल्य पर्ने १२०० बिघा भन्दा बढी जग्गा विभिन्न व्यक्ति र समूहले कब्जा गरेपछि दैनिक हवन, पूजापाठलगायतका कार्य सञ्चालनमा कठिनाइ भइरहेको आश्रमले जनाएको छ। दाङका विभिन्न ठाउँमा रहेको आश्रमको जग्गामा अरुले कब्जा जमाएको सञ्चालक ध्रुव श्रीले जानकारी दिएका छन्।

सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले कब्जा गरेको जग्गा फिर्ता भएको छैन भने विभिन्न व्यक्ति र समूहले पनि आश्रमको जग्गा कब्जा गरेका छन्। 

आश्रमका ८०० गाईको रेखदेख, ३०० कर्मचारीलाई न्यूनतम पारिश्रमिक र १३५ विद्यार्थी पढाइ खर्च धान्न धौधौ परेको आश्रमका सञ्चालक बताउँछन्।

स्वर्गद्वारी महाप्रभुले आश्रममा अखण्ड यज्ञ चलाउन १९८३ देखि १९९३ को बीचमा देश–विदेशका भक्तले दिएको दान तथा झोलीको पैसाले दाङ, देउखुरीका ४ मौजा खरिद गरेको प्रमाण स्वर्गद्वारी आश्रमसँग सुरक्षित छ। सदस्य ध्रुव श्रीका अनुसार महाप्रभुले दाङको झिंगौरा, रामपुर, साइपुर, नैनवार, पढ्ढा लगायतका स्थानमा गरी १८ सय बिघा जग्गा किनेका थिए। 



महाप्रभुले आश्रमको नाममा रहने गरी प्रदान गरेका ती जग्गा निजी गुठीका रुपमा छन्। सरकारको सहयोगमा गुठी संस्थानले जग्गालाई राजगुठी बनाउन थालेपछि स्वर्गद्वारी आश्रमले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। अदालतले आश्रमकै पक्षमा फैसला गरिदिएपछि सो जग्गा जोगिएको थियो।

आश्रम व्यवस्थापन समितिका सदस्य ध्रुव श्री यसअघि पनि पटक–पटक आश्रमको जग्गा राजनीतिक शक्तिको आडमा हत्याउने प्रयास भएको बताउँछन्। ‘राजगुठी बनाएर जग्गा हडप्ने र आश्रमलाई खण्डीकरण गर्ने पहिलेदेखिको प्रयास सर्वोच्चको फैसलाले जोगाएको छ तर, त्यसको आयस्ता आश्रमले भोगचलन गर्न पाइरहेको छैन’, उनले भने।
 
दाङको लमहीस्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको अर्बौं मूल्य पर्ने आश्रमको घरखेतीका लागि राखिएको ४८ बिघा जग्गामध्ये ४० बिघा जग्गा पनि कब्जामा छ। मूल्यवान् जग्गा ठूलाठूला व्यापारी र जमिनदारले कब्जा गरेका छन्।

आश्रमका नाममा दाङको टरीगाउँमा ७२, नैनवारमा ८०, रामपुरमा १७०, लमहीमा २५०, सतबरियामा ८३, घोराहीमा १२६ बिघा जग्गा छ। त्यस्तै मजगाउँ, हर्नोकलगायतका स्थानमा पनि आश्रमको प्रशस्त जग्गा छ। चलअचल सम्पत्ति ५० अर्बभन्दा बढी रहेको आश्रम भेटीका भरमा चलिरहेको छ।



अखण्ड महायज्ञको यस्तो छ उद्देश्य

स्वर्गद्वारीमा वि.सं. १९५२ देखि अहिलेसम्म निरन्तर अखण्ड महायज्ञ हुँदै आएको छ। गुरुशिष्य परम्पराअनुसार सञ्चालनमा रहेको यज्ञशालाको पद्धति विश्वमा अन्त कतै नभएको सञ्चालक ध्रुव श्रीले बताए। 

महाप्रभुले विश्व शान्ति र प्राणीको कल्याणको उद्देश्यले अखण्ड यज्ञ सुरु गरेका थिए। यसै क्रममा त्यहाँ गौशाला र पाठशाला स्थापना भयो। यज्ञशालामा दैनिक २४ जना पुजारीले पाठपूजा र हवन गर्दै आएका छन्। स्वर्गद्वारी आश्रममा बिहान ४ देखि साढे २ बजेसम्म र साँझ ५ देखि साढे ११ बजेसम्म नियमित पूजापाठ हुन्छ। 

सञ्चालक सदस्य ध्रुव श्रीले भने, ‘आश्रमको विशिष्टता कसैले बुझेन। उल्टै हामीमाथि शोषण गरेको आरोप छ। आश्रम जोगी पाल्नका लागि खुलेको हैन। मानव कल्याणका लागि हो। यो कुरा सरकारले पनि बुझ्नुपर्छ।’ आश्रममा १३५ आवासीय वटुकले अध्ययन गरिरहेका छन्। यहाँ वार्षिक २ लाख भारतीयले दर्शन गर्छन् भने नेपालका विभिन्न भागबाट करिब एक लाख दर्शनार्थी पुग्ने गरेको आश्रमले जनाएको छ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।