शनिबार, वैशाख ८, २०८१

एनसेलविरुद्ध झनै आक्रामक बन्दै विप्लव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बुधबार राति र बिहीबार देशव्यापी रूपमा एनसेलको टावरमा आक्रमण गरेको छ । 

आक्रमणबाट कतिपय स्थानमा एनसेलको टावर ध्वस्त भएको छ । विप्लव समूहले सरकारलाई कर नतिरे आक्रमण नरोक्ने धम्की दिएको छ। 

कैलालीका विभिन्न क्षेत्रमा रहेका एनसेल टेलिकमका टावरमा आगजनी गरेको छ। बुधबार राति जिल्लाको जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा रहेका टावरमा आगजनी भएको छ। आगजनीबाट टावरका ब्याट्री जलेका छन्।

विप्लव समूहले ललितपुरको कोन्जोन्सोम गाउँपालिका शंखुमा रहेको एनसेल टावरमा आगो लगाएको छ । 

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बेनी नगरपालिका–२ खबरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।
 
बाँकेमा पनि एनसेलका २ टावरमा आगजनी भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ मेहमानपुरमा रहेको एनसेलको टावरमा पेट्रोल छर्केर आगजनी गरिएको हो।

कैलालीको जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको छ। लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ। गोदावरी नगरपालिकाको मालाखेतीमा पनि एउटा टावरमा आगजनी गरिएको छ।

विप्लव समूहले अर्घाखाँचीको पाणिनि गाउँपालिका ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा आगजनी भएको छ। 

आगलागीबाट टावरमा सामान्य क्षति पुगेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ। दुईवटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आगजनी गरिएको प्रहरीले जनाएको छ ।
 
तनहुँको घिरिङ गाउँपालिका ३ घुल्मीछापमा रहेको एनसेलको टावरमा आगलागी भएको छ। आगलागीबाट तार जलेपछि मोबाइल सेवा अवरुद्ध छ । 

विप्लव समूहका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले भने, ‘राज्यलाई अर्बौं कर तिर्ने तर जनतालाई चर्को शुल्क असुली ठग्ने एनसेलमाथि नेकपमाले साउन १५ गते देशव्यापी कारबाही गरेको छ । कर नतिरे यो कारबाहीको सिलसिला जारी रहन्छ र थप सशक्त भएर जान्छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।