बुधबार, वैशाख १२, २०८१

 'गच्छदार समायोजन' ले कांग्रेसमा सकस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- २२ असारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। १४ वटा अजेण्डामा छलफल भइरहेको बैठकको एउटा अजेण्डा पार्टीभित्र विजयकुमार गच्छदार समूहको समायोजन पनि एउटा हो । 

बैठकमा गच्छदारले आफ्नो दल नेपाली कांग्रेसमा विलय हुँदा भएको सहमति कार्यान्वयनमा लैजान आग्रह गरेका छन्।

अहिले पार्टीभित्रका विभिन्न विभाग र संगठनहरुलाई पूर्णाता दिने तयारी भइरहेकाले त्यसमा गच्छदार समूहलाई पनि भाग दिनु पर्ने हुन्छ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने गच्छदारलाई भाग नदिने पक्षमा रहेको कांग्रेसकै नेताहरु बताउँछन्।

पौडेल लगायताका नेताहरु अब महाधिवेशन पछि मात्रै संगठनलाई पूर्णता दिनुपर्ने पक्षमा छन् । किनभने, अहिलेसम्म पूर्णता नदिइएका विभिन्न विभाग र संगठनलाई पूर्णता दिने नाममा महाधिवेशनको मिति सार्ने काम भइरहेको उनीहरुको आरोप छ ।
 
तर, संगठनलाई पूर्णता नदिई पहिलेको सहमति कार्यान्वयन नगरी महाधिवेशनमा जाँदा पार्टीभित्र आफ्नो उपस्थिति कमजोर हुने गच्छदारको बुझाई छ ।
 
मंगलबारको बैठकमा गच्छदारले आफूसँग भएका सहमति तुरुन्तै कार्यान्वयनमा लैजान भनेका छन् । उनले भने, 'हामीसँग भएको सम्झौता बोलीमा होइन, कागजमै हस्ताक्षर गरेर भएको छ ।

किन कार्यान्वयन नहुने? म यहाँ माग्न आएको हुँ? मेरा मान्छेहरुलाई एडजस्ट नगरिकनै अन्तरिम संरचना कसरी बन्छन्? यसरी झुलाएर हुन्छ ? म व्यक्ति मिल्न आएको हुँ कि पार्टी मिलेको हो? हाम्रो भूमिका के हुन्छ पार्टीमा?'

अहिले आन्तरिक संरचनामा भागबण्डा दिने विषयमा पनि विरोध हुन थालेपछि गच्छदारको समायोजन कांग्रेसमा सकस भएको छ।

तर, केन्द्रीय सदस्य प्रदीप पौडेल भने गच्छदार समूहको समायोजन ठूलो विषय नभएको दाबी गर्दै भन्छन, 'उहाँको समायोजनको कुरा भइरहेको छ। चाँडै टुँगो लाग्नेछ। मिलाउन केही समस्या भएको हो।'

के हो गच्छदारको माग?

सहमतिका बेला गच्छदारले आफ्ना पार्टीका १५ जना शीर्ष नेतालाई केन्द्रीय सदस्य बनाउन माग गरेका थिए। २० हजार बढी क्रियाशील सदस्य पनि माग गरिएको थियो।
 
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको संगठन रहेको ६३ जिल्लाबाट महासमितिमा प्रतिनिधित्व गराउनुपर्ने उनको मागमा भने सहमति भइसकेको छ ।  

त्यस्तै प्रत्येक विभागमा ३/३ सदस्यलाई समावेश गर्नुपर्ने, प्रदेश समितिमा ७/७ जनाको प्रतिनिधित्व गराउनुपर्ने र जिल्ला, नगर, गाउँलगायत समितिमा उपसभापतिसहित १० जनाको प्रतिनिधित्व हुनुपर्ने गच्छदारको माग छ।

२०७४ असोज २९ गते विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भएको थियो। 

कांग्रेसबाटै राजनीति थालेका गच्छदार पहिलो मधेश आन्दोलन अघिसम्म कांग्रेसकै नेता थिए। मधेश आन्दोलनका क्रममा उनी तत्कालीन मधेशी जनअधिकार फोरममा समावेश भए।

गच्छदार र कांग्रेसबीच भएको सहमतिमा संविधान संशोधन तथा विभिन्न समुदायको हक अधिकारको मुद्दालाई कांग्रेसले स्वीकार गरेको थियो।

सहमति पत्रको अन्तिम अनुच्छेदमा भनिएको छ, 'एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भ्रातृ-भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गर्न हामी दुबै दल समहत छौ।'

गच्छदार र कांग्रेसबीचको सहमति अनुसार समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा समिति पनि बनेको छ।

समितिले पहिलो चरणको निर्णय गर्दै महासमिति प्रतिनिधिहरुको विषयमा नामसूचीकरण गर्न निर्देशन दिएको छ। तल्लो तहमा समायेजनका लागि प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइएको छ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।