बिहीबार, वैशाख १३, २०८१

थोत्रा टायरमा खजाना भेटेका युवा उद्यमी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
टायर ट्रेजर्स सुरु गरेपछि ओजस्वी वैद्यलाई धेरैले टायरवाला बहिनी भन्छन् । शुरुमा असहज वा हाँसोलाग्दो लागे पनि अब उनको परिचय नै यही भइसकेको छ । उनीसँगै छन् लुनिभा मानन्धर पनि । करिब डेढ वर्ष अघिदेखि ओजस्वी र लुनिभाको टोलीले थोत्रा टायरलाई 'अपसाइक्लिङ' गरेर विभिन्न फर्निचरहरु बनाउँदै आएको छ ।

थोत्रा र रद्दी टायर कि इँटा भट्टामा बालिन्छन्, कि नदी किनारमा पुग्छन्, कि त आन्दोलन र हडतालका बेला सडकमा बालिन्छन् । जहाँ पुगे पनि यि टायरले प्रदुषण फैलाउँछन् । त्यसैले पुराना टायरको सदुपयोग गरेर फर्निचर बनाउने सोच पलाएको बताउँछिन्, ओजस्वी । उनका अनुसार टायरलाई 'अपसाइक्लिङ' गर्ने र फर्निचर बनाउने क्रममा सबै सामाग्री वातावरण अनुकुल नै प्रयोग भइरहेको छ ।

हेभी मोटरसाइकल, जीप, साना गाडी र साना हवाइजहाजका टायरबाट  विभिन्न डिजाइनका कुर्सी, टेबल, मुढा, साइड टेबल, गमला लगायतका समाग्री उत्पादन गरिरहेको टायर ट्रेजर्सका फर्निचर वातावरण अनुकुल हुनुका साथै चहकिला, बलिया र मौलिक छन्।



नयाँ स्टार्टअप

एमबीए दोस्रो वर्षमा अध्ययन गर्दा ओजस्वीले 'नेपाल आन्टरप्रनेयर हब' र 'डब्ल्यूडब्ल्यूएफ'ले आयोजना गरेको 'ग्रिन इनोभेसन     स्टार्टअप च्यालेन्ज' प्रतियोगितामा आफ्नो योजना प्रस्तुत गरेकी थिइन् । उक्त प्रतियोगितामा विभिन्न युवाहरुका 'वातावरण अनुकुल' योजनाबीच प्रतिस्पर्धा गराइएको थियो ।
 
५० वटा टोलीबीच भएको प्रतिस्पर्धामा चार वटा टोली छनोट भए, जसमध्ये ओजस्वी र लुनिभाको टोली पनि थियो । त्यहाँबाट प्राप्त एक लाख ५० हजार रुपैयाँको बिऊ पूँजीमा केही थपेर उनीहरुले काम शुरु गरे ।
 
वातावरण अनुकुल उद्यम गरेर थोत्रा टायरमा जीवन भरिरहेका यी महिला उद्यमी सबैबाट पाएको स्याबासीले दङ्ग छन् ।

शुरुका दिनमा ओजस्वी र लुनिभा टायर खोज्दै बागमती किनार र फोहोरको थुप्रा चाहार्थे । तर, त्यस्ता टायरहरु अधिकांश कामै नलाग्ने, सफाई गर्न गाह्रो र ढुवानीमा पनि समस्या भएपछि अहिले अटो ग्यारेज र पूराना टायर विक्रेतासँग किन्न थालेका छन् ।

ओजस्वी भन्छिन् 'अधिकांश टायर इँटा भट्टाले खरिद गर्छन्, त्यसैले शुरुमा त हामीलाई टायर पाउने धौ–धौ भयो । पाए पनि निकै महंगो पर्ने ।' अहिले भने केही संस्था र ग्यारेजले नियमित उपलब्ध गराउन थालेको उनी बताउँछिन् ।

पढेलेखेका युवती थोत्रा टायर घिसार्दै गरेको हत्तपत्त नदेखिने दृष्यले पनि शुरुमा धेरैलाई अचम्ममा पार्‍यो ।  त्यतीमात्र कहाँ हो र, टायर टे«जर्स शुरु गर्दा ओजस्वी र लुनिभालाई धेरैले 'एमबीए गरेर पनि यस्तो काम गर्ने ?' भन्थे । 

'पहिले त अरुलाई हामी के गर्दैछौं भन्ने बुझाउन समय लाग्यो, उत्पादनलाई बजारमा लैजान पनि चुनौतीपूर्ण नै थियो,' ओजस्वी भन्छिन, 'टायरबाट बनाइएका सामाग्री भनेपछि मानिसहरु हाँसिदिन्थे ।'  

त्यसैले उनीहरुले चिनजानका व्यवसायी र आफन्तलाई यि सामाग्री किन्न मनाए । यसै क्रममा केही रेष्टुरेन्टले उनीहरुका सामाग्री खरिद गरे ।



विस्तारै बजारमा प्रचार हुँदै गयो, उनीहरुका उत्पादन मन पराइन थाले। 'ग्रिन प्रोडक्ट' भएका कारण पनि वातावरणप्रति सचेत मानिसहरुले टायर ट्रेजर्सका उत्पादन छनोट गर्न थालेका छन्।

लुनिभाका अनुसार उनीहरुको उत्पादन अहिले रेष्टुरेन्ट, होटेल र आवासीय घरहरुमा खपत भइरहेको छ । 'अहिले काठमाडौं बाहिरका शहरहरुबाट पनि अर्डर आइरहेको छ तर, हाम्रो उत्पादन सीमित भएकोले त्यहाँसम्म पुग्न सकेका छैनौं,' लुनिभा भन्छिन, 'विस्तारै यो व्यवसाय विस्तार गर्दैछौं ।'

पहिले हाँस्नेहरु पनि अचेल उनीहरुको काम देखेपछि बधाई दिन थालेका छन् । लुनिभा भन्छिन, 'अचेल हाम्रा ग्राहकदेखि हाम्रो काम हेर्न आउने सबै दंग भएर छन् ।' 

शुरुमा ललितपुरको झम्सिखेलमा रहेको टायर ट्रेजर्सको पसल कुपण्डोलमा सारिएको छ । ओजस्वी, लुनिभा र उनका अरु साथी र सहकर्मीहरु यहीँ रहेको कारखानामा टायर सिंगारीरहेका हुन्छन् । 
स्वउद्यम गरेर वातावरण प्रदूषण न्यूनिकरणमा थोरै मात्र भए पनि सहयोग गर्न पाएको उनीहरु खुशी छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।