बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्वमा मात्रै केन्द्रित नहुन भन्सार विभागलाई अर्थमन्त्रीको निर्देशन

राजस्वमा मात्रै केन्द्रित नहुन भन्सार विभागलाई अर्थमन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले भन्सार रणनीतिमा बनाउँदा राजस्वमा मात्रै केन्द्रित नहुन भन्सार विभागलाई निर्देशन दिएका छन् ।
 
भन्सार विभागले आयोजना गरको भन्सार व्यवस्थापन गोष्ठिको उद्घाटन गर्दै मन्त्री खतिवडाले राजस्वसँगै उद्योगको संरक्षणतर्फ पनि ध्यान दिन आग्रह गरेका हुन् ।

उनले लागतमा आधारित भन्सार दर कायम हुने गरि रणनीति बनाउन पनि सुझाव दिएका छन् ।
 
खुल्ला सिमाका कारण चोरि नियन्त्रण हुन नसकेको भन्दै यसलाई कडाइका साथ निगरानी बढाउनु पर्नेमा मन्त्री खतिवडाको जोड थियो । यसका लागि भन्सारका कर्मचारी चनाखो हुनु पर्ने भन्दै उनले भने– 'तपाईहरुले ध्यान नदिए यो नियन्त्रण गर्न कठिन छ ।'
 
मन्त्री खतिवडाले सवारी साधन र पेट्रोलिम पदार्थको आयातमा कमि आएकै कारण गत वर्ष राजस्व संकलन कम भएको स्पष्टिकरण दिए । उनले यसवर्ष राजस्वको लक्ष्य पुरा गर्ने गरि काम गर्न पनि निर्देशन दिए ।
 
कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले भन्सारका सबै काम अब कम्युटरमार्फत मात्रै गर्ने गरि तयारी तिब्र पारेको जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्