अर्घाखाँची- नेपाल टेलिकमको एनटिसी पिटिएस टावरमा आगजनी भएको छ। अर्घाखाँची जिल्लाको पाणिनी–५ मैदानमा रहेको टावरमा आगजनी भएको हो ।
राति करिव १० बजेको समयमा अज्ञात समुहले टावरमा आगजनी गरेको दुरसंचार कार्यालय प्रमुख गोबिन्द पराजुलीले जानकारी दिए ।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थिए।
घटना कसले किन गरायो भन्ने विषयमा अनुसन्धान भइराखेको छ भने दोषीको खोजी कार्य तिब्र पारेको प्रहरीले जनाएको छ।
नेपाल टेलिकमको टावरमा आगजनी भएपछि यहाँका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४