बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हेटौंडामा पनि फैलियाे डेंगु र स्क्रबटाइफस, सचेत रहन अपिल

हेटौंडामा पनि फैलियाे डेंगु र स्क्रबटाइफस, सचेत रहन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हेटौंडा- प्रदेश ३ को राजधानी हेटौंडामा पनि डेंगु र स्क्रबटाइफसका बिरामी दैनिक भेटिन थालेका छन् । 

अलिहेसम्म हेटौंडा उपमहानगरभित्र ८ जनामा डेंगु र १ जनामा स्क्रपटाइफस फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको  छ।  कार्यालयका अनुसार  हेटौंडा बजार क्षेत्रका बिरामीमा विशेष गरी डेंगुको संक्रमण देखिएको छ ।

हेटौंडा अस्पतालको सिफारिसमा रगत परीक्षणका लागि स्वास्थ्य कार्यालयमा आएका २९ जनामध्ये चार महिला र चार पुरुषमा डेंगु र एक पुरुषमा स्क्रपटाइफस भेटिएको हो ।

उनका अनुसार स्वास्थ्य कार्यालयले निःशुल्क रूपमा परीक्षण गर्ने भएका कारण धेरै बिरामी डेंगुको शंका हुनेबित्तिकै त्यहाँ आउने गरेका छन् । तर जिल्ला जनस्वास्थ्य कार्यालयसँग परिक्षण गर्ने किटको अभाव देखिएको छ।  

डेंगु परीक्षण गर्ने किट दुई सय माग गरिएकोमा मुस्किलले ५० वटा प्राप्त भएकाले परिक्षणमा समस्या भएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयसँग अब २५ वटा मात्र किट बाँकी रहेको जनाइएको छ। 

डेंगुको परीक्षण निजी क्लिनिकले निकै महँगो शुल्कमा गर्दै आएका छन् । निजी क्लिनिकले ३ हजार २ सय रुपैयाँसम्म शुल्क लिनेको गरेका छन् । 

डेंगुका बिरामी भेटिएपछि उच्च सर्तकता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । असार अन्तिम साता र साउनको पहिलो हप्तामा आएको अविरल वर्षासँगै जमेको पानीका कारण डेंगो र स्क्रफटाइफसको फैलिएको हुन सक्ने अनुमान गरिएको छ । 

यसअघि सुनसरीको धरान र झापामा डेंगुले भयावह रुप लिएको थियो । उक्त क्षेत्रमा डेंगु नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।