एजेन्सी- फिफाले वर्ष २०१८-२०१९ को उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।
१६ जुलाई २०१८ देखि १९ जुलाई २०१९ सम्मको प्रदर्शनका आधारमा फिफाले बुधबार १० उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
फिफा मनोनयनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोन मेस्सी सहति अन्य ८ खेलाडी मनोनयमा परेका छन् ।
फ्रेन्केइ डि जोङ, म्याथिज डि लिट, ह्यारी केन, इडन हाजार्ड, साडिओ माने पनि उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । केलिएन एमबाप्पे, मोहमद सलाह र भान डिज्क पनि मनोनयनमा परेका छन् ।
फिफामा आवद्ध सबै देशका राष्ट्रिय कोच र कप्तान तथा एक विशेषज्ञ पत्रकार र फिफा डट कममा विश्वभरका फुटबल समर्थकहरुले गरेको भोटका आधारमा फिफाको वर्ष खेलाडी र वर्षको प्रशिक्षक छनोट गरिने छ ।
जुलाई ३१ देखि अगष्ट १९ सम्म भोटका लागि खुल्ला गरिएको फिफाले जनाएको छ । त्यस्तै अवार्ड सेप्टेम्बर २३ मा मिलानमा आयोजना हुने कार्यक्रममा वितरण गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४