बिहीबार, वैशाख १३, २०८१

गत वर्ष जनावर आयातमा मात्रै रु. चार अर्ब खर्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गएको आर्थिक वर्षमा (२०७५/७६) मा रु. ४ अर्ब ९ करोड ८६ लाख बराबरका जीवित जनावर आयात गरिएको छ।

आयातित जनावरमध्ये गधा, घोडा र खच्चड मात्रै रु. ३ करोड १ लाख मूल्य बराबरका छन्।

विदेशबाट ल्याइएका जनावरमध्ये रु. ४ अर्ब ९ करोड ४६ लाख बराबरका जनावर मासु, ढुवानी तथा अन्य प्रयोजनका लागि ल्याइएको हो भने प्रजनन् प्रयोजनका लागि रु. ३९ लाख ६८ हजार मूल्य बराबरका जनावर भित्र्याइएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष प्रजननका लागि रु.२३ लाख ५७ हजार बराबरको उन्नत जातका घोडाहरु ल्याइएको र  सवारी प्रयोजनका लागि रु. ६ लाख १० हजार बराबरका घोडा ल्याइएको छ।

त्यस्तै रु. २ करोड ६७ लाख मूल्यका खच्चर  र रु.४ लाख १६ हजार मूल्यका गधा पनि भित्र्याइएको छ। 

त्यसैगरी गाई, भैंसी, भेडा, खसी, बाख्रा लगायतका जनावर पनि ठूलो संख्यामा आयात भएको छ। 

रु. २ अर्ब ६५ करोड १८ लाख मूल्यका जिवित बोका–बाख्रा, रु. १ अर्ब ३४ करोड ७० लाख मूल्यका  कुखुरा, परेवा लगायतका चराहरु पनि आयात गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्