बुधबार, वैशाख १२, २०८१

प्रहरीको धरपकडपछि कमजोर बन्दै विप्लब समूह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लबको प्रभाव कमजोर बन्दै गएको छ।

विप्लब समूहले बुधबार पूर्वी तथा मध्य क्षेत्रमा गरेको बन्द र उसको क्रियाकलापले उसको अबस्था कमजोर बन्दै गएको देखाएको हो। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पाेखरेलले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न प्रहरीको अनुभव, विज्ञता र व्यवसायिकताको कारण अपराधिक गतिविधि खुम्चिदै गएको वताउँछन्।

पोखरेल भन्छन्, ‘विप्लब समूहले गरेको पछिल्लो बन्दमा केहि छिटपुट घटना बाहेक भौतिक तथा मानवीय क्षति भएको छैन। प्रहरीले उसमाथि निरन्तर निगरानी र कारबाहीका कारण उसका गतिबिधि प्रभावहीन बन्दै गएका छन्।’

विप्लब समुहको गतिविधी विध्वंसात्मक बन्दै गएपछि गत फागुन २८ गते मंगलबार बसेको मन्त्री परिषदको बैठकले विप्लब समुहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

विप्लब समूहमाथिको प्रतिवन्धपछि प्रहरीले उसका ६ सय ३२ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ भने प्रहरीसँगको मुडभेडमा सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेल र ओखलढुङ्गा ईन्चार्ज सञ्जिव राईको मृत्यु भएको थियो।

बुधबार गरेकाे बन्दका क्रममा विप्लब समूहले बुधबारको बन्दमा चार ठाँउमा वडा कार्यालयमा आगजनी गरेको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० को वडा कार्यालय, रौतहटको चन्द्रपुर नगरपालिका-३ को वडा कार्यालय, नुवाकोटका ककनी गाँउपालिका-१ र मकवानपुरको हेटौडा उपमहानगरपालिका-१ को कार्यालयमा विप्लब समुहले आगो लगाउँदा कागजपत्रसहित भौतिक क्षति भएको छ।

आगो लागाइएका यी वडा कार्यालय जिल्लाका दुर्गम वडा कार्यालय मानिन्छन्। विप्लब समूहले वडा कार्यालयमा लगाएको आगोले दैनिक जीवनसँग जोडिएका सर्वसाधारण जनताका कागजपत्र जलेर नष्ट भएका छन् भने कम्प्युटर कार्यालयका कुर्सी टेवलसमेत जलाइएको छ। 

विप्लब समूहको बुधबारको बन्दको क्रममा सो समुहका दुइजना कार्यकर्ता पक्राउ परेका छन् मकवानपुरबाट विप्लब समुहका कार्यकर्ता सुशन मानन्धर पक्राउ परेका छन् भने रौतहटको चन्द्रपुर नगरपालिका ३ को वडा कार्यालय जलाउने रेउ बहादुर मैनाली पक्राउ परेका छन्। मैनाली पूर्व माओवादीका लडाकु रहेको प्रहरीले जनाएको छ।

सरकारले विप्लब समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन वार्ताको प्रयास गरेको थियो। उक्त समूहले वार्ताअगाडि जेलमा रहेका बन्दी छोडनुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने र उसमाथिको प्रतिबन्ध हटाउनु पर्ने पूर्व सर्तका आगाडि सारेपछि दुई पक्षबीच दूरी बढ्दै गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।