बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नवनियुक्त मन्त्री योगेशले भने - रवीन्द्रका अधुरा सपना पुरा गर्छुं

नवनियुक्त मन्त्री योगेशले भने - रवीन्द्रका अधुरा सपना पुरा गर्छुं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री  योगेश भट्टराईले दिव‌ंगत मन्त्री रवीन्द्र अधिकारीका सपना पुरा गर्ने बताएका छन्।

सपथ ग्रहण पछि बुधरबार नै पदभार ग्रहण गरेका मन्त्री भट्टराईले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उनका अपुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिस्थितिले आफू अधिकारीको कुर्सीमा बस्न आइपुगेको भन्दै उनले सबैसँग राय तथा सल्लाह लिएर अगाडि बढ्ने बताए। उनले भने , ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो ।’ उनले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री अधिकारीको स्मरण गर्दै उनले भने, ‘घनिष्ट मित्र गुमायौं । लामो समय बिताइयो, सुख दुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर  प्रकृतिलाई जित्न सकेनौं।  उहाँको उत्ताराधिकारीका रुपमा आएको छुँ।’

गत फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए। पहिलो पल्ट मन्त्रीमा चयन भएका भट्टराईले अधिकारीका सपना कत्तिको पुरा गर्न सक्ने हुन् त्यो भने हेर्न बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।