एजेन्सी- फ्रान्सेली तथा प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडका मिडफिल्डर पाउलो पोग्वा स्पेनिस ला लिगा क्लब रियल मड्रिडका लागि सबै भन्दा उत्कउष्ट अनुबन्ध हुने डिफेन्डर राफेल भरानेले बताएका छन् ।
‘पोग्वा एक उत्कृष्ट खेलाडी हुन् । मैले उनलाई राम्रोसँग चिनेको छु । कुनै पनि टिमका लागि उनी शानदार हुने छन् ।’ भरानेले भने, ‘मलाई आफ्नो साथिमाथी भरोसा छ । यदी नयाँ खेलाडी आए हेर्ने छौ ।’
मंगलबार राती भएको खेलमा रियल टोटनहामसँग १-० ले पराजति भएपछि फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले पथ अनसुबन्ध गर्ने संकेत दिएका छन् । उनले ट्रान्सफर विन्डोज बन्द हुनु भन्दा पहिले थप अनुबन्ध गर्ने संकेत दिएको रिपोर्टमा उल्लेख छ ।
रियलका लागि नयाँ मिडफिल्डर पहिलो प्राथमिकता हो। जहाँ पोग्वा जिदानको पहिलो रोजाइका मिडफिल्डर हुन् । तर, यता युनाइटेडले भने पोग्वालाई बेच्ने कुनै संकेत दिएका छैनन् । किनकी इंग्लिस ट्रान्सफर विन्डोज सकिन एक साता मात्र छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४