बिहीबार, वैशाख १३, २०८१

मेलम्चीको वडा कार्यालयमा ताल्चा काटेर आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। ढोकाको ताल्चा काटेर वडा कार्यालयभित्र गरिएको आगजनीबाट सबै कागजातहरु जलेर नष्ट भएको छ। 

कसले आगे लगायो भन्ने खुल्न नसकेको जनाकारी दिदै वडाध्यक्ष भक्तबहादुर खड्काले आगोबाट पुरै कार्यालय नष्ट भएको बताए। घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 

प्रहरीले घटना विप्लव समुहले नभई स्थानीयले नै कुनै रिसइबी साध्न आगजनी गरेको हुनसक्ने आशंका गरेको छ । घटना आसपासका क्षेत्रमा विप्लव समुहको कुनै पर्चासमेत नभेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले जानकारी दिए । 

प्रहरीले घटनालाई रहस्यम मानेको छ। ताला काँटेर आगो लगाउनु र कम्पुटर र दराजभित्र भएका कागजहरुलाई भूइँमा झारेर जलाउनु रहस्यमय रहेको प्रहरीको भनाइ छ। ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।