शनिबार, वैशाख ८, २०८१

काम छाडेर आराम गर्न प्रधानमन्त्री ओली सिंगापुर !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नागरिक दैनिकले प्रधानमन्त्री केपीशर्मा ओली आरामका लागि सिंगापुर जान लागेको विषयलाई मुख्य समाचार बनाएको छ।

निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली एक साता लामो आरामका लागि सिंगापुर जाने भएका छन् । कामको धपेडी धेरैभएपछि आराम गर्नका लागी प्रधानमन्त्री ओली यहि १८ गते सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ। एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणसंगै उनले खादै आएको औषधीका विषयमा पनि परमार्श लिइने समाचारमा उल्लेख छ।
 
यस्तै नागरिकले बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिना भएको विषयमा अख्तियारले भूमाफियासँग बयान लिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

जग्गा हिना हिना गर्ने मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदी अख्तियार र सिआइबीमा उपस्थित भएर बयान दिएका हुन् । उनीहरुले भोगाधिकारी राणा परिवारबाट आफूहरुले कानुनसम्मत जग्गा खरिद गरेको बयान दिएका छन् ।

त्यस्तै नागरिकले सरकारलाई गिज्याउँदै गौरवका आयोजना शीर्षकको खबरलाई पनि महत्वका साथ छापेको छ। २२ वटा गौरवको आयोजनामा गत आर्थिक वर्षमा १० अर्ब पनि खर्च भएको छैन भने काम पनि अत्यन्त सुस्त गतिमा भएको समाचारमा उल्लेख छ।
 
आजको कान्तिपुरले भने पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्बको कर छलेको खुलासा गरेको छ । खर्च बढि र आम्दानी कम गरेको भन्दै एनसेलले कर छलि गरेको समाचारमा उल्लेख छ।
 
यस्तै कान्तिपुरले समामुख–उपसमामुख कतिन्जेल एउटै दलको ? भन्ने प्रश्नसहितको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

सभामुख उपसभामुख एउटै दलको नहुने संवैधानिक व्यवस्थाविपरित अहिलेसम्म पनि सत्तारुढ दल नेकपाका नेताहरुले यी दुबै पद ओगटेका छन् । यो विवाद मिलाउन प्रतिनिधि सभा, सत्तारुढ दल र न्यायपालिकासमेत उदासिन बनेको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले भने राजधानीका सडकहरुको बेहाल अवस्थालाई मुख्य समाचार बनाएको छ।

म्याद थपिन्छन् सडक बन्दैनन् शीर्षकमा उसले खबर लेखेको छ । मयाद थपि मात्रै रहने प्रवृतिका कारण चार वर्षअघि काम सुरु भएका कुनै पनि सडकको काम नसकिएको समाचारमा उल्लेख छ । 

नयाँ पत्रिकाले भने अनेक सफ्टवेयरबाट नागरिकको निगरानी शीर्षकमा मुख्य समाचार छापेको छ ।

राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा पञ्जीकरण, मेसिन रिडेबल पासपोर्ट, मतदाता परिचयपत्र, स्मार्ट लाइसेन्स, गरिब परिवार पहिचानपत्रका नाममा छुट्टाछुट्टै सफ्टवेयर बनाएर नागरिकका विवरण संकलन गरिएको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।