काठमाडौं- प्रिमियर लिग क्लब टोटेनहाम प्रि सिजन अन्तर्गत औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई १-० गोलले पराजित गर्दै टोटेनहाम फाइनलमा प्रवेश गरेको हो ।
टोटनहामको जितका लागि खेलको एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उक्त गोल पहिलो हाफमा भएको थियो । खेलको २२ औं मिनेटमा केनले निर्णायक गोल गर्दै टोटनहामलाई जित दिलाए ।
अब टोटेनहमले उपाधिका लागि वायर्न म्युनिख र फेनरवाचीबीचको विजेतासँग खेल्नेछ । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल प्रि सिजनमा पनि दबाबमा रहेको छ ।
चेल्सीबाट इडन हाजार्जलाई भित्राएपनि उनले सोचे अनुरुपको प्रदर्शन दिन सकिरहेका छैनन् । जसका कारण प्रशिक्षक जिदानमाथि पनि दबाब बढिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४