बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सहकारीमा सुत्र र सूचकको आधारमा नै सन्दर्भ व्याजदर तोकिने 

सहकारीमा सुत्र र सूचकको आधारमा नै सन्दर्भ व्याजदर तोकिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीको सन्दर्भ व्याजदर सहकारी ऐन र नियमावली अनुसार चाडै नै तोकिने बताएका छन्। 

उनले सहकारी नियमावलीले तोकिएको सुचक र सुत्रहरुको आधारमा रहेर नै सन्दर्भ व्याजदर तोक्दा कसैलाई नराम्रा लागेपनि केही फरक नपर्ने बताएका हुन् । 

सहकारी नियमावली २०७५ अनुसार नै सहकारी विभागले उपरजिष्टार शशि लम्सालको संयोजकत्वमा सन्दर्भ व्याजदर अध्ययन समिति (जुन कोर टेक्निकल कमिटी) बनाएको थियो। सो समितिले नियमावलीमा राखिएको प्रावधानमा नै रहेर साढे १२ देखि पौने १३ प्रतिशत भन्दा माथि जान नमिल्ने गरी व्याजदर तोक्नुपर्ने भनी अध्ययन प्रतिवेदन बुझाएको थियो।  

सहकारी पत्रकार सम्माजले सोमबार सहकारीमा सन्दर्भ व्याजदरको विषयक छलफल कार्यक्रममा रजिष्ट्रार पाण्डेले सोही तर्फ इंकित गर्दै भने, 'हामीले सन्दर्भ व्याजदर तोक्दा विभिन्न सुचक र सुत्रहरुको आधारमा नै रहेर व्याजदर तोक्ने हो, यदी कोही कसैलाई मन पर्दैन भने केही गर्न सकिदैन।'
 
डा.पाण्डेले सहकारीमा सहकारी ऐन २०७४को धारा ५१ अनुसार बेसरेट भन्दा पनि रिफरेन्स रेट मात्र तोकिने बताउँदै भने,‘सन्दर्भ व्याजदर तोक्ने विषय सहज होला भन्ठानेको थिएँ तर धेरै नै कठिन रहेछ र मैले दबाब महसुस गरिरहेको छु ।’

त्यस्तै सोही कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सन्दर्भ व्याजदरको विषयमा आफ्नो कुनै अडान नरहेको स्पष्ट पार्दे महासंघले पठाएको व्याजदरको सुझावको वरपर रहेर तोक्न आग्रह गरे ।

बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सन्दर्भ व्याजदर तोक्न चाडो गर्न नहुने भन्दै अझ समय लगाएर अध्ययन गरेपछि मात्र तोक्नुपर्ने धारणा राखे । उनले अहिलेको सहकारी ऐन र नियमावली नै परिवर्तन गरेर मात्र सन्दर्भ व्याजदर तोक्नुपर्ने बताए।

सो कार्यक्रममा सहकारी अभियानका अन्य नेताहरुले सहकारीको व्याजदर कम्तीमा लघुवित्त सरहको हुनुपर्ने धारणा राखे । सहकारी विषेषतः ३ प्रकारको (नाफामुखी, समुदायमा आधारित र ग्रामीण भेगमा सहकारी गर्ने लक्ष्यका साथ खोलीएको) हुने भएकोले सोही तवरले सन्दर्भ व्याजदर तोक्न उनले आग्रह गरे । 

कार्यक्रममा उपरजिष्टार शशि लम्सालले सहकारीको अहिलेको अवस्था र सन्दर्भ व्याजदर तोक्नको लागि भएको ढिलाईको विषयमा स्पष्ट पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।