शुक्रबार, वैशाख १४, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको हो। यद्यपि १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् ।



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन्। हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उनले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताएका छन्। उनका उपप्रवक्ता फहरान हकले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध भएको उल्लेख छ।



एक अफ्गान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो । अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताएका छन्।  


 
संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ। बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिए। प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ। राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले आइभरीकोस्टमा बालबालिकाका लागि १५ हजार कक्षाकोठाको अभाव रहेको बताउँदै नयाँ योजनाले विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।



अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को सुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ । तर, सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ। राष्ट्रसंघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफ्गानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको छ ।


 
पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताएका छन्। राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए।


 
श्रीलङ्कामा इस्टर आक्रमणपछि राजीनामा दिएका श्रीलङ्काका मुसलमान मन्त्रीहरू सरकारमा फिर्ता भएका छन् । श्रीलङ्काकाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी विज्ञप्तिअनुसार उनीहरूले सोमबार राति नै राष्ट्रपतिबाट पुनः सपथ लिएका छन् । मन्त्रीबाट राजीनामा दिएका भएपनि उनीहरूको समर्थन रहेका कारण सरकारलाई कुनै असजिलो नभएको सत्ताधारी दलका नेताहरूले बताएका छन् । सन् २०१९ को अप्रिल २१ गते तीन ठूला होटेल र तीनवटै चर्चमा भएका विस्फोट र बन्दूक आक्रमणमा परी परी २५९ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । उक्त घटनामा सम्लग्न रहेको आरोपमा १५० जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने पक्राउ परेका अन्य कैयौँलाई अनुसन्धानपछि रिहा गरिएको छ।



चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्यूरोको मिटिङ आज मंगलबार सम्पन्न भएको छ। हालको आर्थिक तथा वाणिज्य अवस्था, अमेरिकासँगको व्यापार तनाव एवं अन्य समसामयिक सामाजिक राजनीतिक विषयमा केन्द्रित रहेर व्यूरोका सदस्यहरुले आआफ्ना धाराणाहरु राखेका थिए।



युरोपेली संघले इरानसँगको तेल व्यापारका क्रममा इरानलाई भुक्तान गर्नुपर्ने रकमबारे सबै निर्णयहरु गरेको छ। साथै पहिलो खेपको भुक्तानीसमेत चुक्ता गरेको जनाएको छ।

 
थाइल्याण्ड र रसियाबीच विविध शीर्षकमा दुई पक्षीय सहयोग आदान प्रदान गर्दै दुई पक्षीय कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने सहमती गरेका छन्। दुई पक्षीय भेटका क्रममा थाई परराष्ट्रमन्त्री डन प्रमुदिनाइ र उनका रुसी समकक्षी सर्गेइ लाव्रोभले आआफ्ना मुलुकका हितमा धारणा राखेका थिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।