बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीसँग भेट्न समय माग्दै उपप्रधानमन्त्री यादव : अन्तिम वार्ताको तयारी

प्रधानमन्त्रीसँग भेट्न समय माग्दै उपप्रधानमन्त्री यादव : अन्तिम वार्ताको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारका उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत हुन्। तर, उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न समय पाएका छैनन्। 

समाजवादी पार्टी स्रोतका अनुसार सरकारमा सहभागी हुँदा भएको दुई बुँदे सहमति कार्यान्वयनको विषय र आफैं पनि सरकारमा रहने/नरहने बारे छलफल गर्न उपप्रधानमन्त्री यादवले एक महिनादेखि प्रधानमन्त्री ओलीसँग समय माग गर्दै आएका छन्।

यादव आफ्ना पार्टी नेताहरुसहित प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने पक्षमा रहे पनि प्रधानमन्त्री ओलीले समय नदिंदा वार्ता हुन सकेको छैन।

सरकार निर्माणका क्रममा समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) र नेकपाबीच संविधान संशोधन, मधेश आन्दोलनको बेला लागेका मुद्दा फिर्तालगायतका विषयमा सहमति भएको थियो। अहिलेसम्म सहमतिका कुनै बुँदाको पनि कार्यान्वयन प्रक्रिया अगाडि बढेको छैन।



यही कारणले गर्दा सरकारबाट बाहिरिन उनको पार्टीले दबाब बढाउँदै गएको छ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको समय मिलाउने काम भइरहेको छ। उहाँसँग अन्तिम वार्ता गरेर सम्झौता कार्यान्वयनको कुरा बुझ्ने छौं। त्यसपछि सरकारमा बस्ने कि बाहिरिने निर्णय हुनेछ।’ उनले अब सरकारसँग निर्णायक वार्ता हुने बताए।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू सरकारमा रहने वा नरहने बारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग समय मागे पनि पाइरहेका छैनन्।

यसअघि पनि उपप्रधानमन्त्री यादवसहित उनका नेताहरूले प्रधानमन्त्री ओलीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि समाजवादीका नेताहरूले सरकारबाट बाहिरिने धम्की दिंदै आएका छन्। यद्यपि, अहिलेसम्म न समाजवादी सरकारबाट बाहिरिएको छ न त उनीहरूका मुद्दालाई प्रधानमन्त्रीले सम्बोधन गरेका छन्।

राजपासँग एकताको खिचडी



सत्तारूढ समाजवादी पार्टी र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई वर्ष अघिदेखि एकताको चर्चा चले पनि अहिलेसम्म औपचारिक गतिविधि अगाडि बढेको छैन। 

दुवै दलका नेताले एकता प्रक्रिया अनौपचारिक रुपमा अगाडि बढाइएको दाबी गर्दै आएका छन्। एकतासम्बन्धी वार्ताका लागि बनाइएको समितिमा समाजवादीका तर्फबाट संयोजक श्रेष्ठ भन्छन्, “बृहत् राष्ट्रिय शक्ति निर्माणका लागि हामी तयार छौं। जसका लागि राजपा मात्र होइन अन्य दलसँग पनि एकीकरण गर्न सक्छौं। तर, एकीकरणको चर्चा अहिले पत्रकारहरुको मसला भा’छ।’

उनले आवश्यकता र समयअनुसार एकीकरण प्रक्रिया अगाडि बढ्ने बताए।

राजपाका तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र महतोले पनि एकताका लागि अनौपचारिक छलफल भइरहेको बताउँदै आएका छन्।

समाजवादी संगठन निर्माणतिर, राजपा महाधिवेशनतिर

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर बनेको समाजवादी पार्टी अहिले संगठन निर्माणमा सक्रिय छ। यस क्रममा पार्टीले तल्लो तहको एकीकरण प्रक्रिया अगाडि बढाएको छ।

समाजवादीको हालै बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न विभागको टुंगो लगाएको छ। त्यसैगरी प्रदेश कार्य समितिको पनि टुंगो लगाएको छ।

पहिचानमा आधारित समिति तथा स्थानीय तहको समितिको टुंगो लगाउन बाँकी रहेको समाजवादीका उपमहासचिव प्रकाश अधिकारीले बताए।

यता राजपाले पनि महाधिवेशनको तयारी सुरु गरेको छ। राजपा अध्यक्ष मण्डलको बैठकमा महाधिवेशनकै विषयमा छलफल जारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।