शनिबार, वैशाख ८, २०८१

कलंकी गोलीकाण्ड : पूर्व उप-सचिव शोभाकर पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–सोमबार राति कलंकीमा गोली प्रहार भएको घटनामा छिमेकी शोभाकर खनाल पक्राउ परेका छन्। खनाल प्राविधिक तर्फका अवकास प्राप्त उपसचिव हुन्।

सोमबार राति ८ बजे कलंकी चोक नजिकै पूर्व उप-सचिव विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा अनुसन्धानका क्रममा शर्माका छिमेकी पूर्व उप–सचिव  शोभाकर खनाल पक्राउ परेका हुन्।

पूर्व उप–सचिव शर्माको घरको कोठामा एयरगन म्यागनमको पेस्तलबाट गोली प्रहार भएका अनुसन्धानबाट खुलेको छ। शर्माको घरसँगै  पूर्व उप–सचिव शोभाकर पराजुलीको घर जोडिएको छ।

प्रहरीले खनालको घरबाट एयरगन म्याग्नमसहित दुईवटा पेस्तोल बरामद गरेको छ। दुबै पेस्तोल लाइसेन्स लिएर राखिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी हविन्द्र बोगटीका अनुसार गोली प्रहार भएका पूर्व उप–सचिव शर्माको घरबाट एयरगन म्याग्नम पेस्तोलमा लाग्ने गोली बरामद भएको छ। बरामद गोलीको फोरेन्सीक परिक्षण भैरहेको छ।

खनालले लाईसेन्स लिएर हतियार घरमा राखेको र उनले राखेकै पेस्तोलबाट गोली प्रहार भए नभएको विषयमा भने अनुसन्धान भैरहेको छ।

खनालको घरबाट बरामद भएको एयरगन म्यागनम र शर्माको घरबाट बरामद भएको सो पेस्तोलमा लाग्ने गोली भने मिल्दाजुल्दो छ। गोली प्रहार हुँदा सोही कोठामा शर्माकी १९ वर्षिया छोरी पढिरहेकी थिइन्। 

गोली प्रहार के उद्देश्यले भएको हो भन्ने विषय अहिलेसम्म नखुलेको र  गोली र बन्दूकको फोरेन्सीक परिक्षण भैरहेको  र त्यसको रिपोर्टको आधारमा विस्तृत अनुसन्धान अगाडि बढ्ने परिसरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।