शनिबार, वैशाख ८, २०८१

१५८ देशसँग व्यापार, नाफा मात्र २३ सँग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपालको २३ देशसँग मात्र व्यापार नाफामा देखिएको छ। नेपालसँग १५८ देशसँग व्यापार हुँदै आएको छ। तीमध्ये २३ देशसँग मात्र नाफामा रहेको भन्सार विभागले जनाएको छ।

व्यापार नाफामा रहेका देशमा माल्दिभ्स, मोनाको, अफगानिस्तान, इस्टोनिया,आइसल्यान्ड, गुयना, स्लोभानिया, एल साल्भाडोर, सेन्ट्रल अफ्रिका रिपव्लिक रहेका छन्। 

त्यसैगरी सुडान न्यु केलेडोनिया, मौरिसस, रुवान्डा, सेसेल्स, अजरबैजान, पानामा, अल्जेरिया, बरमुडा, एन्टिगाउ एन्ड बरबुडा, यमन, ताजकास्तान र आरमेनियासँग नेपालको व्यापार नाफामा छ। 

अजरबैजान, पानामा लगायतका ९ वटा देशबाट भने नेपालले आयात गर्ने गरेको छैन। त्यहाँ निर्यातमात्र हुने भन्सार विभागले जनाएको छ। 

विभागका अनुसार नेपालको सबैभन्दा धेरै व्यापार नाफा सेन्टरल अफ्रिका रिपब्लिकसँग रहेको छ। सो देशसँग नेपालले गत आर्थिक वर्षमा २७ करोड ५८ लाख ५० हजार नाफा गरेको छ। त्यहाँबाट १७ लाख १९ हजार आयात गरेको छ भने २७ करोड ७५  लाख ६९ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ। 

त्यसैगरी नेपालसँग अफगानिस्तानको एक करोड ४२ लाख ९२ हजार रुपैयाँ व्यापार नाफामा छ। स्लोभानियाँसँग ८९ लाख ८ हजार, माल्दिभ्ससँग ६१ लाख ९९ हजार, मोनाकोसँग ६७ लाख ५६ हजार, इस्टोनियासँग चार लाख ६५ हजार र आइसल्यान्डसँग ५९ लाख ६९ हजार नाफा छ। 

त्यस्तै एल साल्भाडोरसँग ४ लाख ५ हजार, सुडानसँग १ लाख १७ हजार, यु केलेडोनियासँग २ करोड ६९ हजार, मौरिसससँग १२ लाख ९७ हजार, रुवान्डासँग ५८ हजार, सेसेल्ससँग ४ लाख ६७ हजार व्यापार नाफामा रहको छ।

पछिल्लो समयमा नेपालले निर्यातको नयाँनयाँ गन्तव्य खोजी रहे पनि पहिलेको निर्यातका देशहरुसँगको व्यापारमा भने घाटा छ। नेपालले निर्यात प्रवर्द्धन र उत्पादनका लागि उचित नीति अवलम्बन गर्न नसक्दा व्यापार घाटा बढेको पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए। उनका अनुसारा २३ वटा देशसँग मात्र व्यापार नाफामा रहनु लज्जास्पद हो। व्यापार नाफामा हुने देशहरुसँग नेपालले पस्मिना र ऊनी कपडा निर्यात गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।