एजेन्सी- पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान इमाम उल हकले माफी मागेका छन् । कैयौ महिलालाई धोका दिएको आरोप लागेका इमामले माफी मागेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डको जाँच पछि उल हकले माफी मागेका हुन् ।
उसअघि उनले अनलाइन प्रसंगमा धेरै महिलासँग आपत्तिजन कुरा गरेको जनाइएको थियो । पाकिस्तानका पूर्व दिग्गज खेलाडी इजमाम उल हकका भतिजा इमामको केही महिना अगाढी केही महिलाहरुले उनीसँग कुरा गरेको व्हाट्सएपमा आपत्तिजनक वार्तालापलाई स्क्रन सर्ट गर्दै सार्वजनीक गरिएको थियो ।
त्यसमा ती महिलाले इमामलाई धोका दिएको आरोप लगाएइको थियो । पाकिस्तान क्रिकेट बोर्डका प्रबन्ध निर्देशक वसिम खानले इमामले जे गरेका छन् हाल उनी त्यसमा पश्चाताप रहेको बताएका छन् ।
‘इमामले आफ्नो गल्तिका लागि माफी मागेका छन् । तर हामीले यो स्पस्ट भनि दिएका छौ की यो उनको व्यक्तिगत विषय भएपनि हामी आसा गर्छौ की हाम्रा खेलाडी नैतिकता र अनुशासनको उच्चतम मानको पालना गरुन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४