बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ३३ केजी सुन तस्करी प्रकरण : सर्वोच्चको फैसला आजै आउन सक्ने  

३३ केजी सुन तस्करी प्रकरण : सर्वोच्चको फैसला आजै आउन सक्ने  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्याका सम्बन्धमा मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदैछ। 

सुन तस्करीको अभियोगमा नेपाल प्रहरीका अधिकृतसहित केही व्यक्तिविरुद्ध सर्वोच्च अदालतले बुधबार फैसला सुनाउने भएको छ। 

उक्त प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डिइआजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी लगायत केही थुनामै रहेका अभियुक्तको अन्तिम फैसलाको तयारी भइरहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ केजी सुनको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले सुन तस्करीका मुख्य नाइके भनिने चूडामणि उप्रेतीसहित फरार रहेका एम के अग्रवालसहित  ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जसमध्ये पक्राउ परेका ३१ जनालाई पुर्पक्षका लागि जेलचलान गरिएको थियो।

जिल्ला अदालत मोरङले धरौटीमा छाडेका अभियुक्तविरुद्ध मोरङ सरकारी वकिलले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सुन तस्करी र सनम हत्या आरोपमा पक्राउ परेका भुजुङ गुरुङ, विमल पोद्दार, महावीरप्रसाद गोल्यान तथा डिएसपी सञ्जयबहादुर राउतले मोरङ जिल्ला अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरुविरुद्ध अपराधी समूह खडा गरी सुन चोरी पैठारी, शरीर बन्धक तथा अपहरण र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको थियो।

सोमबार दुवै पक्षको बहस सकिएपछि उक्त मुद्दा हेर्दाहेदैमा राखिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको इजलासले अभिुक्तहरुलाई पुर्पक्षका लागि पुन थुनामा राख्ने वा  धरौटीमा छाड्ने भन्ने फैसला गर्नेछ। उक्त प्रकरणमा पक्राउ परेका तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी धरौटीमा छुटेलगत्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।