काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओली नाममा अश्लिल वेबसाइट खोलेको भेटिएको छ ।
केपी शर्मा ओली नाममा खोलिएको वेभसाइटमा एक युवतीको नग्न तस्विर राखिएको छ भने चाइनिज भाषाको प्रयोग गरिएको छ ।
यो प्रधानमन्त्री ओलीको आधिकारीक वेबसाइट भने होइन् । उनको वेभसाइट ह्याक गरेर यस्तो गरिएको नभइ कसैले प्रधानमन्त्रीकै नामसँग जोडेर साइट खोलेको प्रधानमन्त्रीका आइटी सल्लाहाकार असगर अलीले जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्– 'प्रधानमन्त्री ज्यूको आधिकारिक वेब साइट
www.kpsharmaoli.com.np हो। यो पेजको नाम सगँ मिल्दो अन्य वेब साइट हेरी प्रधानमन्त्री ज्यूको वेब साइट ह्याक भयो भनेर भ्रममा नपरौं ।'
प्रधानमन्त्री ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो वेभ कसले खोल्यो भन्ने खुलेको छैन्। यसका विषयमा अनुसन्धान भइराखेको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४