बुधबार, वैशाख १२, २०८१

साँखु मालपोत कार्यालय आधुनिक र सुबिधासम्पन्न घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुबिधासम्पन्न कार्यालय घोषणा गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले आज सोमबार एक कार्यक्रमकाबीच साँखु मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरेकी हुन्।

कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको निर्देशनमा काम गर्न कर्मचारीलाई निर्देशन दिईन्। अहिले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यो स्पिडमा कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने आग्रह गरिन्।

‘तपाईं कर्मचारीहरू मन्त्री, सचिव, विभागको स्पिडमा हिड्नुस्। कार्यालय र सेवालाई नमुना बनाउन तपाई कार्यालय प्रमुख र कर्मचारीहरु प्रतिस्पर्धात्मक तरिकाले लाग्नुस्’, मन्त्री अर्यालले भनिन्।

मन्त्री अर्यालले नमुना कार्यालयको रूपमा विकास गरिएको मालपोत कार्यालय साँखु र आधुनिकीकरण गरिएको नापी कार्यालय साँखुको अनुगमन निरिक्षण समेत गरेकी थिइन्। मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिँदै मन्त्रालयले थालेको सिस्टमलाई फेल गर्नेगरी जान कुनैपनि कर्मचारीलाई छुट नभएको उनले बताईन्।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सरिता न्यौपानेले सरकारले गरेका सेवालाई चुस्तदुरुस्त बनाउन प्रविधिसँगै सीप पनि दिनुपर्ने बताईन्।

कार्यालयले दिइरहेको सुबिधाका बारेमा जानकारी दिन त्यस क्षेत्रका जनप्रतिनिधिलाई दिनुपर्ने सांसद न्यौपानेले बताईन्। सार्वजनिक सम्पत्तिको रक्षा सबैले गर्नुपर्ने भन्दै उनले अब खोला र खहरेको पनि संरक्षण गर्नुपर्ने बताईन्।

यसैगरी प्रदेश नम्बर ३ का सांसद मणिराम फुँयालले सबै काम, सेवा र प्रकृतिलाई एकै घानमा हालेर हेर्न नहुने बताए। अपर तामाकोशी प्रोजेक्टबाट मुआब्जा लिनुपर्ने समुहमध्ये १७ जनाको फाइल छुटेको भन्दै त्यसलाई अगाडि बढाइदिन समेत आग्रह गरे।

नीतिगत, विधिगत तरिकाले काम गर्नुपर्ने भन्दै उनले हुने काममा नरोकेर काम गरेर पठाउन आग्रह गरे।

भूमि व्यवस्था मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बिस्तारै सबै कार्यालयलाई आधुनिक र सुबिधासम्पन्न बनाउदै लैजान अभियान मन्त्रालय लागेको बताए। यसैगरी शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले डिजिटल प्रणालीले सेवाग्राहीले छिटोछरितो सेवा पाउनेछन् भन्ने कुरामा ध्यान दिन आग्रह गरे।

यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्ण मणि दुवाडीले देशभरका मालपोत कार्यालयमध्ये ७६ कार्यालयमा अनलाइन सेवा सञ्चालन गरिएको जानकारी दिए। बिस्तारै सबै कार्यालयलाई डिजिटलाइज्ड गर्दै लैजाने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।