शनिबार, वैशाख ८, २०८१

पलेर्मो प्रोटोकल सम्बन्धी काठमाडौंमा अन्तरक्रिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।
अन्तरदेशीय संगठित अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि (पलेर्मो प्रोटोकल) को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख २००० कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका बारेमा उक्त अन्तक्र्रिया केन्द्रित रहेको थियो।

हाल नेपाल पनि अन्तरदेशीय संगठित अपराध विरूद्धको संयुक्तराष्ट्र संघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले सदस्य राष्ट्र भएको र अब यस्ता संगठित अपराध रोकिने नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीले बताए।

कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। अन्तरदेशीय संगठित अपराध कसरी हुन्छ ? विशेषतः महिला र बालबालिका यसको सिकार कसरी हुन्छन् ? तिनको कानुनी व्यवस्था र निराकरणका बारेमा कार्यक्रम केन्द्रित रहेको थियो।

हाल आएर मानव अंग वेचविखनका साथै श्रमशोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढेको भन्दै यसको निराकरणका निम्ति पलेर्मो प्रोटोकल उपयोग हुने धारणा महिला कानून र विकासमञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठले राखे। 

उनले भने, ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यसो गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ, पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन्।’ 

यसैगरी यस सम्बन्धी कानूनी प्राबधानबारे अधिवक्ता रोसना प्रधानले प्रकाश पारिन्। उनले भनिन्, ‘न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ।’

महिला कानून र विकास मञ्च, युएस उड, युके एड, विनरकले सो कार्यक्रमको संयुक्त रूपमा आयोजना गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।