बुधबार, वैशाख १२, २०८१

नेपालमा वर्षेनी ७० अर्बको जडीबुटी आयत !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- नेपालमा वर्षेनी ७० अर्ब भन्दा बढी रकमको जडीबुटी भित्रिने गरेको जडीबुटीको क्षेत्रमा ३ दशकदेखि अनुसन्धानरत विज्ञ डा. बद्री प्रसाद गौतमले बताएका छन्। 

सोमबार त्रयम्बकम जडीबुटी सहकारी संस्थाले भैरहवामा आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै डा. गौतमले भने, ‘नेपालमा भारतबाट मात्रै हरेक वर्ष ७० अर्ब भन्दा बढीको जडीबुटी भित्रिरहेको छ। खासगरीकन अश्वगन्धा ३ अर्ब बराबरको, निषोध ५ अर्ब र जेठीमधु २ अर्ब भन्दा बढीको भित्रिएको देखिन्छ।’

उनले सरकारले योजनाबद्ध काम नगर्दा नेपालका जडीबुटी खेर गईरहेको तर वर्षेनी अरबौंको जडीबुटी भित्रिरहेको बताए। उनले भने, ‘सरकारले बजेटमा जडीबुटी प्रशोधनको लागि किटानीको साथ कार्यक्रम नल्याउदा पनि समस्या देखिएको हो।’

जडीबुटी खेतीतर्फ सबैको सहभागिताले व्यक्ति, समाज र देशलाई निरोगी बनाउने मात्रै होइन आर्थिक हिसाबले पनि बलियो बनाउने डा. गौतमको तर्क छ। 

नगरपालिका र गाउपालिकाले खाली जग्गा व्यवस्थापन गरिदिए बाँझो जग्गामा जडीबुटी खेती गर्ने कार्यमा सहजीकरण गर्न आफूहरु तयार भएको बताए। उनले भने, ‘जग्गाहरु बाँझो नराखौं, हामी जडीबुटीका विरुवा दिन्छौं बसी-बसी पैसा पनि कमाउनुहोस् र निरोगी पनि बन्नुहोस्।’

उनले आफूहरुले १८ विगाह क्षेत्रफलमा अश्वगन्ध खेती गर्न थालेको बताउँदै त्रयम्बकम खर, कबच, तुलसी, चमेली, पामारोजा, मेन्था नीलकण्ठ, निशोथ, जेठीमधु, अश्वगन्धा जस्ता जडीबुटी जति उत्पादन गरे पनि नेपालमै खपत हुने बताए। 

उनले नेपालको तराई, हिमाल र पहाडी तीनै क्षेत्रमा फरक प्रकृतिका जडीबुटीको व्यवसायिक खेतीगर्न सकिने पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।