शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उर्जामन्त्रीले मुख्यमन्त्री रावतलाई भने : आउनुस् मिलेर काम गरौं 

उर्जामन्त्रीले मुख्यमन्त्री रावतलाई भने : आउनुस् मिलेर काम गरौं 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रदेश नं २ का मुख्यमन्त्री लालबावु रावतले मधेशमा आएको बाढी र डुवानको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग छलफल गरेका छन्। 

प्रदेशका भौतिक मन्त्री जितेन्द्र सोनलसहित उर्जा मन्त्रालय पुगेका मुख्यमन्त्री रावतले मधेशमा भइरहेको बाढी डुवानको विषयमा मन्त्री पुनसँग छलफल गरेका हुन्। 

भेटमा मन्त्री पुनले मधेश डुवानको दीर्घकालीन समाधानकालागि एकीकृत योजना बनाउने प्रस्ताव गरेका छन्। उनले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोप विरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे।

मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सवैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासंगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए। 

‘डुवानको जरो कुरा पत्ता लगाउनकालागि एकीकृत योजना बनाएरै अघि बढौं, दुवै सरकारबीच समन्वय गरेर एकिकृत योजना बनाएमात्र दिर्घकालिन समस्या समाधान हुन्छ। नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुँदैन।’, मन्त्री पुनले भने।

उनले तत्कालिन समाधानले राज्यको अर्बौं पैसा खेर गएको भन्दै समस्या समाधानकालागि एकिकृत योजना बनाउनुको विकल्प नभएको बताए। 

प्रदेश २ का मुख्यमन्त्री राउतले मधेशमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने चेतावनी दिए। 

उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। मुख्ययमन्त्री रावतले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनमा मात्र गएको भन्दै मधेशमा रहेका साना नदीले पनि क्षति पुर्याउने गरेको जानकारी दिए। 

उनले उर्जा मन्त्री पुनस“ग मधेशमा बाढी र डुवानका कारण अर्बौको धनजनको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागि दीर्घकालीन योजना बनाईदिन आग्रह गरे। 

‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन। अब व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दीर्घकालीन समाधान नखोज्ने हो भने समग्र भुभाग नै खतरामा पर्ने सम्भावना छ।’ मुख्यमन्त्री रावतले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।