मंगलबार, वैशाख ११, २०८१

१५ गतेसम्म संसद स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रतिनिधि सभा बैठक १५ गते सम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ गते बुधबारसम्मका लागि स्थगित भएको हो।

सर्लाही घटनाको संसदीय छानबिन समिति गठन र मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक लगायतको माग राखी कांग्रेस र राजपाले संसद अवरुद्ध गरेका थिए।

दिउँसो १:१५ बसेको बैठक सुरु हुने बित्तिकै दुवै दलले अवरुद्ध गरेका थिए। सभामुख कृष्णबहादुर महराले पटकपटक आग्रह गर्दा पनि सांसदहरुले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।

प्रहरीको गोलीबाट मारिएका सरोजनारायण सिंह र विप्लव समूहका नेता कुमार पौडेलेका घटना छानविनका लागि दुबै दलले संसदीय समितिको माग गर्दै आएको छ। तर, सत्तारुढ दलले संसदीय समिति गठन नगर्ने पक्षमा देखिएको छ।

यसैगरी विगत एक वर्षदेखि राजपाले मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। 

प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले सरकारलाई तीन पटक रुलिङ्ग गरिसकेका छन्। तर पनि सरकारले प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपा आक्रोसित बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।