शुक्रबार, वैशाख १४, २०८१

जिप र अटो ठोक्किँदा तीनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- विङ्गर जिप र अटो एकआपसमा ठोक्किँदा धनुषामा तीनजनाको मृत्यु भएको छ ।

आइतबार साँझ जनकपुर–ढल्केबर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका–४ मा विपरित दिशाबाट आउँदै गरेको विङ्गर र आटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर क्षिरेश्वर ३ बस्ने ७२ वर्षीय रामदेव साह, सिरहा जिल्ला बस्ने ४० वर्षीया रेखा यादवको घटनास्थलमा र क्षिरेश्वर नपा–४ बस्ने रोशन साहको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।

यसैगरी दुर्घटनामा धनुषा हंसपुर नगरपालिका बस्ने २२ वर्षीय संजय साह र गणेशमानचारनाथ नगरपालिकाकी २१ वर्षीया गीता पासवान घाइते भएको कार्कीले बाताएका छन्।

दुर्घटनामा घाइते भएका संजयको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जनकपुरबाट ढल्केबरतर्फ गइरहेको ना १ ज  ७०२२ नम्बरको विन्गर र ढल्केबरबाट जनकपुरतर्फ आइरहेको ज १ ह ४८९६ नम्बरको आटो ठोक्किंदा दुर्घटना भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।