शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए जापानको उपाध्यक्षमा बानियाको उम्मेदवारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जापान- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्षतर्फको उपाध्यक्ष पदमा निवर्तमान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक लक्ष्मण बानियाले उम्मेद्वारी घोषणा गरेका छन्।

जापानका सफल व्यवसायीका रुपमा परिचित बानिया समाज सेवालाई पहिलो प्राथमिकतामा राखछन्। सन् २००९ सालमा हालका एनआरएनएका अध्यक्ष भवन भट्टको उपस्थितिमा एनआरएनए क्युस्यु क्षेत्रीय समिति औपचारिक गठन भएको थियो। एनआरएनए क्युस्युसँग नजिक रहेका लक्ष्मण बानियाँ एनआरएनए क्युस्यु कार्यसमितिको उपसंयोजक हुँदै २०१७/२०१९ कार्यसमिति संयोजक बन्न सफल भएका थिए।

जापानको क्युस्यु क्षेत्रको सामाजिक कार्यमा सक्रिय युवा बानियाँले फुकुओकाको रहेको नेपाली समुदायको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको पनि सदस्य हुँदै उपाध्यक्ष र अध्यक्ष समेत रहेका थिए। उनी विगत ६र७ वर्ष देखि जापानको सामाजिक क्षेत्रमा सक्रिय छन्।

बानियाँ विभिन्न सामाजिक कार्यमा धेरै समय दिन सक्ने, खट्ने र आर्थिक रुपमा पनि सहयोग गर्ने व्यक्तिको रुपमा स्थापित रहेका छन्। फुकुओकामा सबैलाई समेट्ने र नेपाल र नेपालीको सान बोकेको कार्यक्रम नेपाल फेस्टिवल फुकुओकाको कार्यसमितिको विभिन्न क्षेत्रमा जिम्मेवारी निभाउँदै उपसंयोजक र गत वर्ष सम्पन्न नेपाल फेस्टिवल फुकुओका २०१९ को संयोजक भई नेतृत्व समेत लिईसकेका छन्।

उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका बानियाँले आगामी कार्यकालको लागि एजेन्डाहरु अगाडि सारेका छन्। उनले नेपाल सरकार, उद्योग वाणिज्य महासंघ लगायत व्यवसायीहरुसँग सहकार्य गरी नेपालमा लगानी भित्राउने, क्युस्यु क्षेत्रको महावाणिज्य दूतको सक्रिय सहभागिताको लागि पहल गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानिज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने र जापानमा नेपाली समुदायका बीचमा खेलकूदको विकासमा सक्रिय रहने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।