शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाढी आएको दुई सातापछि प्रधानमन्त्रीलाई राउतको ब्रिफिङ

बाढी आएको दुई सातापछि प्रधानमन्त्रीलाई राउतको ब्रिफिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बाढी आएको झन्डै दुई सातापछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन्। आइतबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीलाई भेटेर राउतले बाढीबाट प्रदेशमा भएको धनजनको क्षतिबारे ब्रिफिङ गरेका हुन्।

असार अन्तिम साता अविरल वर्षापछि बाढी आउँदा प्रदेश २ मा ३७ जनाले ज्यान गुमाएका छन् निजी तथा सार्वजनिक गरी अर्बौं मूल्य बराबरको जनधन क्षति भएको छ।

मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षतिपूर्ति प्रदेश सरकारको बुँताभन्दा बाहिर रहेको समेत बताएका छन्। ‘बाढीका कारण अर्बौंको क्षति भएको छ। हजारौं परिवार घरबारविहीन भएका छन्। उनीहरुको पुनस्र्थापना प्रदेश सरकारको बुँताबाहिर छ। विस्थापितको पुनर्वास र पुनर्निर्माणका लागि संघीय सरकारले सहयोग गर्नुप¥यो,’ राउतले प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

मुख्यमन्त्री राउतले विस्थापित परिवारको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतजस्ता कार्यमाथि विशेष जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफूपनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आवश्वासन दिएका छन्।

भेटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका साथै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।