धनगढी- सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
अहिले डोजर लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ।