शुक्रबार, वैशाख १४, २०८१

क्यानको निलम्बल फुकुवा नगर्न आइसिसीलाई चिठ्ठी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्वन फुकुवा नगर्न नेपाली पक्षबाट आइसीसीमा पत्र पुगेको खुलासा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश कुमार शिलवालले शनिबार पत्रकारसम्मेलन मार्फत यस्तो खुलासा गरेका हुन् । 

उनले क्यानको निलम्वन फुकुवा हुन नदिन नेपाली पक्षहरु नै सक्रिय भएर लागेको भन्दै तिनकै कारण समस्या भएको बताए । उनले समस्या उपत्पन्न गर्ने व्यक्तिहरुको नाम तत्काल सार्वजनिक गर्न नसक्ने भन्दै आवाश्यकता परे सामाजिक बहिष्कारको अभियान नै चलाउने बताएका हुन् । 

सदस्य सचिव सिलवालले पत्रकार सम्मेलनमा भने– भर्खरै बसेको आइसिसीको बैठकले क्यानको समस्या समाधान हुने आशा गरिए पनि नेपाली पक्षबाटै निलम्वन फुकुवा नगर्न भन्दै गएको चिठ्ठीले समस्या उत्पन्न गरेको बताए । 

उनले हाम्रै टिम भित्रका केहि व्यक्तिहरु क्यानको प्रतिवन्ध लम्ब्याउने खेलमा सक्रिय भएको समेत आरोप लगाए । उनले भने– उनीहरु रमेश सिलवाललाई असफल बनाउन कुनै हालमा क्यानको समस्या हलन हुन नदिने पक्षमा देखिएका छन् । शिलवालले थप खुलासा गर्दै भने यो समस्या अहिले समानधान नगर भनेर नेपाली पक्षबाट आइसीसीसम्म चिठ्ठी नै गएको रहेछ ।’ 

चिठ्ठी नै आइसीसीमा पुगेपछि तत्काल निलम्बन फुकुवा हुने वा नहुने कुनै टुङ्गो लाग्न नसकेको सदस्य सचिव शिलवालले बताए । खेलमा भएको यहि राजनीतिका कारण अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ऐतिहासिक सफलता हात पारिराखेको नेपाली क्रिकेट टोली भने अभिवावक विहिन बनिराखेको छ । 

यस्तै क्यानको निर्वाचनको विषयमा पनि सदस्य सचिव शिलवाले काम अगाडी बढेको जानकारी दिएका छन् । निर्वाचनका लागि दुई प्रदेशको तालिका आइसकेको उनले बताए । नेपालका ३९ जिल्लामा रहेका जिल्ला संघ मध्य ३६ जिल्लाको चुनाव सम्पन्न भइसकेको छ । 

तर, केही बिबादका कारण काठमाडौं, बाँके र पर्सा गरी तीन जिल्लाको चुनाव भने हुन सकेको छैन् । ‘हाल तीन जिल्लाको संघमा विवाद उत्पन्न भएको छ । अदालतको मुद्दामा दुई जिल्ला अल्झिएका छन् । यो विवादलाई के गरेर समाधान गर्न सकिन्छ भन्ने मैले औल्याएको छु । छिट्टै निर्वाचन गरेर समस्या समाधान गर्ने तिर लाग्ने छौ ।’ 

सदस्य सचिव सिलवालले भने, ‘आइसिसीले क्यान समस्या समाधानको ट्रयाक लिएमा मैले जानु पर्ने छैन् । नत्र समय मिलाएर म जानेछु । तर, म गएका सरकारी हस्तक्षेप हुन्छ । किनकी म अहिले सरकाले पत्याएको सदस्य सचिव हुँ ।’ 

समाधान खोज्दा पनि बारम्बारको हस्तक्षपले कार्य गर्न गाह्रो भएको उनले बताए । तर, औपचारीक र अनौपचारीक तरिकाबाट आफुले आइसिसीसँग यी कुरा राख्दै आएको उनले सुनाए । उनले जसरी पनि क्यानको निलम्बन फुकुवा गरेरै छोड्ने प्रतिबद्धता समेत जनाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।