शनिबार, वैशाख ८, २०८१

क्षणभरमै समातियो साढे तीन लाख चोर्ने चोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रायः चोरीजस्ता घटना भइसकेपछि घटनामा संलग्न चोर समाउने कार्य प्रहरीको लागि टाउको दुखाई बत्रे गरेको छ। सबुत प्रमाण प्रत्यक्षदर्शीलगायतको अभावमा चोरी घटनामा संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरीलाई त्यति सहज हुँदैन।

तर धनुषामा चोरी भएको केही घण्टा नबित्दै लाखौं रुपैँया चोरेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यो पनि पीडित पक्षले जाहेरी दिनुपूर्व।

धनुषाको शहीदनगर नगरपालिका ३ मा पारस मनी ट्रान्सफर सञ्चालन गरेका रामेश्वर साहको कार्यालयबाट शुक्रबार राती चोरी भयो।

शुक्रबार राती घरजानुअघि साहले हिबासकिताब गरी ३ लाख ३९ हजार ५ सय नगद कार्यालयमा छोडेर गएका थिए। शनिबार बिहान कार्यालय पुग्दा सटरको ताल्चा टुटेको थियो। राती मिलाएर गएको नगदसमेत त्यहाँ थिएन।

साहले तत्काल इलाका प्रहरी कार्यालय शहीदनगरका प्रहरी निरीक्षक दीपकबाबु केसीलाई चोरीबारे जानकारी गराए।

उनको फोन आएलगत्तै ‘तपाईंको पैसा र चोरलाई हामीलाई नियन्त्रणमा लिइसकेका छौं। कार्यालय आउनुस’ प्रहरी निरीक्षक केसीले जबाफ फर्काए। ‘मैले यसो भन्दा उहाँलाई विश्वास लागेन,’ केसी भन्छन्, ‘सामान्यतया यस्तो कमै हुने भएकोले उहाँले आश्चर्य मात्रु भएको हो। तर हामीले चोरलाई चोरी भएको केही घण्टाभित्रै समाइ सकेका थियौं।’

साहको मनी ट्रान्सफरबाट नगद चोरी गरेका शहीदनगर नगरपालिका गोठ कुवाका २१ वर्षीय गोविन्द यादवलाई गस्तीमा खटेका प्रहरीले शनिबार बिहान करिब तीनबजे नियन्त्रणमा लिएको थियो। शंका लागेर चेकजाँच गर्दै जाँदा उसको साथबाट नगद बरामद भयो प्रहरी निरीक्षक केसी बताउँछन्।

यसअघि पनि कयौंपटक तारेखमा छुटेका यादवको साथबाट नगद बरामद भएपछि गस्तीमा खटेका प्रहरीले उसलाई इलाका प्रहरी कार्यालयमा ल्याएका थिए। केसीका अनुसार यादव आफ्नो घरमा छिर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

‘गस्तीमा रहेका प्रहरीले यादवलाई उसको घर नजिकै समाएको थियो, पाँच मिनेट ढिला भएको भए चोर पत्ता लगाउन पक्कै पनि कठिन हुने थियो,’ प्रहरी निरीक्षक केसीले भने। 

अपराधीलाई समयमै नियन्त्रण लिन पाउँदा आफूहरुलाई पनि आत्मसन्तुष्टि भएको उनले बताए। अनुसन्धानको क्रममा स्थानीय २४ वर्षीय रामु यादवलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।