काठमाडौं - मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो।
दुबै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४