बिहीबार, वैशाख १३, २०८१

बाढीबाट चार हजार घरमा क्षति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
महोत्तरी - बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ। 
    
जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ। रु पाँच  करोड बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन,  केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ। पन्ध्र हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ।  
     
बाढीले मटिहानी, जलेश्वर, बलवा, लोहारपटी, भङ्गहा नगरपालिका, एकडारा, महोत्तरी र पिपरा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ। बाढी र डुबानबाट माछापोखरीमा पूर्णरुपमा क्षति पुगेको छ भने कुखुरा र कुखुराजन्य उत्पादन, केराखेती र तरकारीखेतीमा नोक्सानी बेहोर्नुपरेको छ। बाढीबाट झण्डै पाँच हजार किसान प्रभावित भएका छन्। उनीहरुले ऋण मिनाहा, निःशुल्क बीउ, माछापोखरी निर्माणलगायतमा राहतका लागि सरकारसँग माग गरेका छन्। 
    
रातो, मरहा, विग्ही र जङ्घा नदीमा आएको बाढीले बलवा नगरपालिकाको लेऊरी, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र लोहारपट्टी नगरपालिकाका झण्डै ४० गाउँ डुबानमा परेका छन्। यसबाट करीब दुई लाख बसिन्दा प्रभावित भएका छन्। बाढीबाट प्रभावितलाई राहत वितरण गरिँदै आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।