बिहीबार, वैशाख ६, २०८१

कोस्टाको ह्याट्रिकमा रियलको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत एथ्लेटिमको मड्रिडका स्ट्राइकर डिएगो कोस्टाले ह्याट्रिक गरेपछि रियल मड्रिडले लज्जासपद हार ब्यहोरेको छ । शनिबार बिहान भएको खेलमा रियलले मड्रिडसँग ७-३ गोलको लज्जासपद हार ब्याहोरेको हो । 

एथ्लेटिकोको जितका लागि डिएके कोस्टाले सर्वाधिक चार गोल गरे । त्यस्तै जोआओ फेलिक्स, एन्जल कोरेया र भिटोलोले एक एक गोल गरे । यता रियलका लागि नाचो र कारिम बेन्जेमा र जाभिर हेर्नान्डेजले एक एक गोल गरे । 

पहिलो हाफमा ५-० ले अग्रता बनाएको एथ्लेटिकोले दोस्रो हाफमा थप दुई गोल गर्दा तीन गोल खान पुगेको थियो । खेल सुरु भएको पहिलो मिनेटमा नै कोस्टाले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको सात मिनेट नबित्दै जोआओले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर पारे । 

१९ औं मिनेटमा एन्जेलोले गोल गर्दा २८ औं मिनेटमा कोस्टाले गाल गरे । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टाले पोनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि एथ्लेटिको ५-० ले अगाढी बढेको हो । 

५१ औं मिनेटमा कोस्टाले ब्यक्तिगत चौथो गोल गर्दै एट्लेटिकोलाई ६-० को स्थितीमा लगे । ५९ औं मिनेटमा रियलका नाचो फर्नान्डेजले गोल गर्दै गोल अन्तर घटाउने काम गरे । ६५ औं मिनेटमा दुवै टिम १० खेलाडीमा समेटिए । 

रियलका ड्यानियल कार्भाजल र कोस्टा रातो कार्ड खादै मैदान बाहिरिए पछि दुबै टिम १० खेलाडीमा समेटिएका हुन् । ७० औं मिनेटमा भिटोलोले गोल गर्दै रियललाई ७-१ को अग्रता दिलाए ।

८५ औं मिनेटमा पेनाल्टीमा करिम बेन्जिमा र ८९ औं मिनेटमा जाभियर हर्नान्डेजले गोल गर्दै रियलको गोल अन्तर घटाउने काम गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।