शनिबार, वैशाख ८, २०८१

बैंकमा सुनचाँदी राख्‍नुस्, ब्याज लिनुस् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तपाईंसँग सुनचाँदी छ ? छ भने, घरमै वा शुल्क तिरेर बैंकको लकरमा राख्नु भएको होला ।

तर, त्यही सुनचाँदी बैंक खातामा रकम राखेजस्तै निक्षेपका रुपमा जम्मा गर्नु भयो भने चाहीँ धनको सुरक्षा मात्र होइन ब्याज समेत पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सुनचाँदी बैंकमा राख्दा ब्याज पाउने व्यवस्था कार्यान्वयनमा लैजाने घोषणा गरेको छ ।

यसअघि चालू आर्थिक वर्षको बजेटमै सरकारले सुनचाँदीलाई बैंकमा निक्षेपको रुपमा राख्न सकिने घोषणा गरेको थियो ।

बजेटमा भएको व्यवस्थालाई कार्यान्व्यनमा लैजान राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था मिलाएको छ । 

बैंकमा सुनचाँदीलाई निक्षेपका रुपमा राख्न राष्ट्र बैंकले कार्यविधि बनाएर लागू गरेपछि सर्वसाधारणले घरमा रहेको सुनचाँदी बैंकमा राखेर ब्याज पाउन सक्नेछन् । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार बजारमा मुद्राको आपूर्तिलाई सहज बनाउने औजारको रुपमा सुनचाँदीलाई निक्षेपको रुपमा प्रयोग गर्ने मिल्ने नीति ल्याइएको हो। 

नेपाल राष्ट्र बैंकले सुनचाँदी निक्षेपमा व्याज कति दिने, मुल्य निर्धारण कसरी गर्ने त्यस्तो निक्षेप बैंकहरुले कुन परिमाणसम्म स्वीकार्ने लगायतका विषयमा कार्यविधि बनाउन लागेको हो ।

यद्यपि, सुनचाँदी निक्षेपको व्याज दर भने एकदमै थोरै हुने राष्ट्र बैंकले जनाएको छ । 

सरकारले सर्वसाधारणको कमाईको ठूलो अंश उत्पादनमुलक क्षेत्रमा नभई सुनचाँदीमा लगानी भइरहेकाले सुनचाँदीलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गर्न लागेको हो ।

सुनचाँदीमा लगानी हुँदा एकातिर नगद ‘होल्ड’ भइदिन्छ भने अर्कोतर्फ उत्पादनमुलक क्षेत्रमा लगानीको अभाव हुन्छ । 

हाल सर्वसाधारणले सुनचाँदी धितो राखेर बैंकबाट ऋण लिन पाउने व्यवस्था भए पनि सुनचाँदीलाई निक्षेपका रुपमा स्वीकार गरिंदैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्