शनिबार, वैशाख ८, २०८१

तातोपानी नाकाबाट ५३ लाख राजश्व संकलन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व संकलन भएको छ। 
    
चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व संकलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।  
औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्टेनर भित्रने गरेका थिए ।  नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढ्दै गएको छ । चीनबाट आएका ठूला मालवाहक कन्टेनर सिधै लार्चास्थित सुख्खा बन्दरगाहमा आएर परीक्षण हुने समेत अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा विस्तारै चलह–पहल बढ्दै गएको छ । होटल र खुद्रा व्यापारीसमेत बढ्दै गएका छन् । भूकम्पअघि दैनिक करोडौं रुपैयाँ राजश्व सङ्कलन हुने गरेका थियो। नाकामा व्यापार बढेपछि राजश्व संकलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्