शनिबार, वैशाख ८, २०८१

उन्‍नति र सहकार्य मर्ज हुने, पुसभित्र एकीकृत कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने सहमति भएको छ। सहमति पत्रमा उन्नति माईक्रोफाइनान्सकी अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन्। 

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा छ भने सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यको १० जिल्लामा शाखा रहेको छ। 

हाल उन्नतिको चुक्तापूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ। 

अबका दिनमा उन्नतिले १:१ अनुपात र सहकार्यले १:३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छ। साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ। 

दुई संस्थाबीच पुस महिना भित्र एकिकृत कारोबार गर्ने भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकीकृत कारोबार हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्