बुधबार, वैशाख १२, २०८१

निर्मलाले न्याय नपाएको एक वर्ष : के के भयो वर्ष दिनमा ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बलिका निर्मला पन्तको न्यायका लागि सिंगो देश लागेको एक बर्ष पुगेको छ ।

गत बर्ष साउन १० गते उनको हत्या भएदेखि सुरु भएको न्यायको आन्दोलनले अझै सफलता पाउन सकेको छैन । गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मला ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा फेला परेकी थिईन् । सरकारले भने निर्मलाका हत्याराको पहिचान गर्न सकेको छैन्।
   
छोरीका लागि न्याय माग्न कञ्चनपुरबाट सुरु भएको देशव्यापी न्यायिक आन्दोलनमा आसु र पीडा लुकाएर लड्दा लड्दै निर्मलाका आमाबुबा खिन्न भईसकेका छन्। निर्मलाका हत्यारा करार गर्नको सट्टा प्रहरी प्रशासन नै नक्कली अभियुक्त खडा गरी घटनाको वास्तविकता ढाकछोप गर्न उद्दत भएको दृष्टान्तले उनीहरुलाई अहिले पनि झस्काईरहेको छ। 

सम्झना मात्र छोडेर गएकी छोरीले न्याय पाउला भन्नेमा विश्वस्त नरहेका निर्मलाकी आमा दुर्गादेवी अहिले पनि न्यायको झिनो आशा लिएर बाचिरहेकि छिन् । निर्मलाको हत्यामा संग्लन दोषी कुनै दिन त कारवाहीको दायरामा ल्याईएको हेर्न पाईएला भन्ने झिनो आशा उनमा अहिले पनि जिवितै छ। निर्मलाका बुबा यज्ञराज पन्तमा पनि त्यो विश्वास जिवितै रहेको छ।
 
हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा भएको प्रर्दशनपछि भदौ ४ मा कञ्चनपुर प्रहरीले मानसिक सन्तुलन ठिक नभएका भनिएका ४१ वर्षीय दिलिपसिह विष्टलाई पक्राउ गरेपछि महेन्द्रनगरमा न्यायिक आन्दोलन चर्किएको थियो। 
 

निर्मलाको हत्या भएको एक वर्षकाे बीचमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लागेको छैन ।


प्रदर्शनकै क्रममा भदौँ ८ मा प्रहरीले चलाएको गोली लागेर स्थानीय सन्नी खुनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाईते भएका थिए। भदौँ ७ मा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानविन समिति गठन गरिएको थियो। 

सो समितिले स्थगलगत अध्ययन पछि बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ भने राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए। तर ति प्रतिवेदन अहिले सम्म अलपत्र नै छन् । 

कुनै पनि प्रतिवेदनले दोषी किटान गर्न सकेको छैन । घटनामा लापरवाही गरेको भन्दै तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट सहितका दर्जनौ प्रहरी अधिकारी कारवाहीमा परिसकेका छ्न् तर सरकार भने हत्यारा नजिक पुग्न सकेको छैन्। 

साउन १० गते निर्मला गृहकार्य गर्न भनी साथी रोशनी बमको घर गएपछि मात्र हराएकी थिईन्। जुन घरमा निर्मलाकी साथी रोशनी र उनकी दिदी वविता बस्दै आएकी थिईन्। स्थानीयको दबाब पछि प्रहरीले उनीहरु माथि समेत अनुसन्धान गरेको थियो तर निर्दोष देखिएको भन्दै रिहा भएका थिए। 

निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन बिग्रिएका भनिएका दिलिपसिह विष्टलाई पक्राउ गरेको थियो भने डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो।

विष्टपछि पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको पनि डिएनए रिर्पोट नमिलेपछि रिहा भईसकेका छन्। तर अन्तराष्ट्रिय समुदायको समेत ध्यान खिचेको निर्मला प्रकरणमा सरकार भने वास्तविक हत्यारा सम्म अझै पुग्न नसक्नु दुःखद भएको टिप्पणी हुदै आएको छ।

सरकार भने घटनाको अनुसन्धान जारी रहेको दावी गर्दै आएको छ। पछिल्लो पटक सरकारका गृहमन्त्री रामबहादुर थापाले निर्मलाको जस्तो घट्ना हुनु सामान्य जस्तै भएको आसय व्यक्त गरेपछि निर्मलाको घट्नाबारे सरकार गम्भीर नभएको आशंका कंचनपुरबासीले गर्न थालेका छन् ।

गृहमन्त्रीको उक्त अभिव्यक्तिको सामाजिक संजालमा व्यापक आलोचना भैरहेको छ। राज्य संयन्त्रनै निर्मलाको हत्यारा जोगाउन लागिपरेको बेला गृह मन्त्रीको अभिव्यक्तिले सरकार माथि थप आशंका उब्जिएको बताउछिन् अधिकारकर्मी सारदा चन्द । निर्मलाको न्यायको आन्दोलन नरोकिने उनले बताईन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।