एजेन्सी- अन्तर्राष्ट्रिय च्याम्यिन्स कपमा म्यानचेस्टर युनाइटेडले टोटनहामलाई पराजत गरेको छ । बिहीबार भएको खेलमा युनाइटेडले टोटनहामलाई २-१ ले पराजित गरेको हो ।
युनाइटेडको जितका लागि एन्थोनी मर्टिएल र एन्जल गोमेजले गोल गरे । टोटनहामका लागि लुकास मोउराले गरे । खेलको २१ औं मिनेटमा एन्थोनीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलायो ।
पहिलो हाफमा १-० ले अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्दै एक गोल खाएको हो । ६५ औं मिनेटमा लुकासले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर, ८० औं मिनेटमा एन्जलले गोल गर्दै युनाइटेडलाइए २-० को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४