काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख मसान्तसम्ममा सम्पूर्ण भातृ संगठनहरुको महाधिवेशन सम्पन्न गर्ने भएको छ।
पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा पार्टीका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले महाधिवेशन बैशाखमै सम्पन्न गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले देशका ७५३ वटै स्थानीय तहमा जनवर्गीय संगठनको इकाइ गठन गर्ने, राष्ट्रिय सुरक्षा परिषद विधेयक, राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक, प्रेस काउन्सील विधेयक, गुठी सम्बन्धि विधेयक खारेज गरी सम्बन्धित पक्षहरुसँग आवश्यक परामर्श गरि परिमार्जन गर्न माग गर्ने, भ्रष्टाचार र वेथितीको अन्त्यको माग गर्दै सबै जनवर्गीय संगठनहरुको सहभागितामा सशक्त जनसंघर्षका कार्यक्रम सञ्चालन गर्नें निर्णय समेत गरेको पार्टी प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४