बिहीबार, वैशाख १३, २०८१

सहीद गंगालाल हृदय केन्द्रको शाखा जनकपुरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – काठमाडौंस्थित सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको शाखा जनकपुरमा सञ्चालन भएको छ।  जनकपुुर अञ्चल अस्पतालको बहिरंग विभागमार्फत हृदय केन्द्रको शाखा सञ्चालनमा ल्याइएको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार एक समारोहकाबीच जनकपुर अञ्चल अस्पतालमा हृदय केन्द्रको शाखाको उद्घाटन गरेका छन्। हृदय रोग भएकाहरुले तत्काल बहिरंग सेवामात्र पाउने भएपनि निकट भविष्यमे सेवा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ।

शाखाको उद्घाट गर्दै स्वास्थ्यमन्त्री यादवले सबैभन्दा बढी हृदय रोगी प्रदेश २ मा रहेकोले शाखा सञ्चालन भइसकेपछि उपचारमा ठुलो सहयोग पुग्ने बताए । बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको भन्दै उनले पूर्वाधार निर्माणमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

मन्त्री यादवले जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदयकेन्द्र शाखालाई समेत समन्वय गराएर अघि बढ्नुपर्ने बताए। जनकपुर अञ्चल अस्पताललाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र वीरगंजमा समेत विशिष्ट सेवा सहितको सुविधा उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो।

उद्घाटनको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शाखा सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । हृदय केन्द्रका लागि प्रदेश सरकारको क्षमताअनुसार आवश्यक रकमको व्यवस्थासमेत भइसकेको राउतले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।