शुक्रबार, वैशाख ७, २०८१

लागुऔषधसहित तीन पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – सशस्त्र प्रहरीले धनुषाबाट तीनजनालाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले सीमावर्ती नाका नगराईन नगरपालिका–२ जटहीबाट बुधबार अबेर राती तीनजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–५ का ३६ वर्षीय लक्ष्मण महतो, १७ वर्षीय रामकिशोर महतो र सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने २२ वर्षीय चन्द्रदेवप्रसाद कुशवाहा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट नगराईनका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काले जानकारी दिए।

भारतबाट ज ९ प ८३८७ नम्बरको मोटरसाइकल चढेर आइरहेका उनीहरुलाई शंका लागि खानतलाशी गर्दा लागुऔषध फेला परेको खड्काले बताए । उनीहरुको साथबाट २२ बोतल डाइलेक्स डि.सी, नाइट्रोभ्याट ट्याबलेट र स्पास्मो नामक प्रतिबन्धित लागुऔषध बरामद भएको उनले जानकारी दिए।

पक्राउ परेका तीनैजनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको प्रहरी निरीक्षक खड्काले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।