शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
लण्डन- नव नियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सपथ ग्रहण गरेसँगै युरोपेली युनियनबाट बाहिरिने तयारी तीब्र बनाएका छन्।

उनले मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन्।

प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट्याए।

बुधबार प्रधानमन्त्री पदको सपथ लिएका जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषदमा रहेका आधाभन्दा बढी मन्त्रीलाई हटाएका छन्। 

उनले युरोपेली संघ (इयू) बाट बेलायत बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएका छन्। जोन्सनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना बेलायती नागरिक पनि रहेका छन्। 

बीबीसीका अनुसार जोनसनले युरोपेली संघ–ईयूबाट ब्रिटेन बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएका छन्। 

उनको मन्त्रिमण्डलमा डोमिनिक रब विदेश र प्रिती पटेल गृहमन्त्रीका रूपमा सरकारमा फर्किएका छन्। टरिजा मेको सरकारमा गृहमन्त्री रहेका साजिद जावेदले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। पटेल र जावेद एसियाली मूलका ब्रिटिश हुन्।

यद्यपि मेको मन्त्रिमण्डलका आधाभन्दा बढी सदस्यहरूले कि त राजीनामा दिएका छन् कि हटाइएका छन्। त्यस्तोमा जोनसनसँगै प्रधानमन्त्रीका लागि पार्टीभित्र प्रतिस्पर्धा गरेका जेरमी हन्ट पनि पर्छन्।

यसअघि उनले ब्रेक्जिटका ‘भाग्यवादी र निराशावादी’ गलत भएको र आगामी अक्टोबर ३१ तारिखभित्र यूकेले इयू छाड्ने बताएका थिए। प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिट बाहिर बोल्दै उनले ‘यदि र तर’ जस्ता कुरा नगरी तोकिएकै समयमा यूके ईयूबाट बाहिरिने दाबी गरेका हुन्।

त्यसपछि उनले आफ्नो ध्यान सरकारमा कट्टरपन्थी परिवर्तन गर्नतर्फ लगाए र पूर्ववर्ती सरकारका १७ जना वरिष्ठ मन्त्रीहरूलाई हटाए वा राजीनामा गर्न बाध्य बनाए।

जोनसनका प्रतिस्पर्धी विदेशमन्त्री जेरमी हन्टले पदबाट हट्दैगर्दा आफूलाई अर्को पद दिइन लागेको तर आफूले पद छाडेको बताएका छन्।

ईयूबाट ब्रिटेन बाहिरिनु पर्छ भनेर वकालत गर्ने प्रमुख नेतृत्वकर्ता मध्येकी एक र पार्टीमा लोकप्रिय रहेकी रक्षा मन्त्री पेनी मोर्डन्टको पनि आश्चर्यजनक बहिर्गमन भएको छ।

उनको स्थान पूर्व सैनिक तथा लामो समयदेखि जोनसनको साथमा रहदैँ आएका बेन वालेसले लिएका छन्।

ईयूबाट ब्रिटेन बाहिरिनु पर्छ भनेर वकालत गर्ने अर्का अन्तर्राष्ट्रिय व्यापार मन्त्री लाइम फक्स र व्यापारमन्त्री ग्रेग क्लार्क पनि बाहिरिएका छन्।

क्लार्क बिना कुनै सम्झौता इयू छाड्ने प्रस्तावको खुलेर विरोध गर्ने व्यक्ति हुन्। ती तीनैजनाले टोरी नेताका रूपमा जेरमी हन्टलाई समर्थन गरेका थिए।

बेलायती महारानीसँग प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उनले भने, ‘ब्रेक्जिटका विषयमा ‘तर र यदि’ जस्ता शब्दहरु अब लाग्दैनन्। हामी युरोपेली संघबाट बिदा हुन्छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।