शनिबार, वैशाख ८, २०८१

वातावरणमैत्री शहर बनाउन कर्मचारीलाई ३ लाखका साइकल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – कर्णाली प्रदेश सरकारले इन्धन खर्च बचाउन कर्मचारीलाई ३ लाख बढीका साइकल बाँडेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीका लागि भन्दै कार्यालयले ३० हजार दरले १० साइकल वितरण गरेको हो।

साइकल पाएपछि कर्मचारीहरु साइकल चढेर कार्यालय आउ–जाउ गर्ने भएका छन् । वीरेन्द्रनगरलाई वातावरणमैत्री शहर बनाउन र इन्धन खपत कम गर्न कर्मचारीलाई साइकल बाँडिएको प्रमुख सचिव केवल भण्डारीले जानकारी दिए। ‘वातावरण प्रदुषण रोक्न र इन्धनको खपत गर्न साइकल बाँडेका हौँ।’ सचिव भण्डारीले भने ‘अबदेखि कर्मचारी पनि साइकलमै आउनेछन्।’

तर कार्यालयका सबै कर्मचारीले भने साइकल प्रयोग गर्न पाउने छैनन्। हाल ५० जना कर्मचारी रहेको कार्यालयमा अहिले १४ वटा मात्रै साइकल छन् ।‘ १० वटा नयाँ किनेका हौँ, ४ वटा पुरानै थिए ।’ सचिव भण्डारी भन्छन् ‘घर नजिक हुने कर्मचारीले ति साइकल प्रयोग गर्छन् तर दिउँसो कार्यालयको काममा जाँदा मोटर नै उपलब्ध गराउँछौं।’ 

वीरेन्द्रनगरलाई विश्वका विकसित मुलुकको जस्तै व्यवस्थित साइकल शहर बनाउने उद्देश्यका साथ सुर्खेतमा ‘कर्णाली राइडर्स’ क्लब समेत गठन गरिएको छ । क्लबले दुई महिनादेखि वीरेन्द्रनगरमा साइकल राइड गर्दै आएको छ । तर वीरेन्द्रनगरमा साइकल राइडका संरचनाको भने अभाव रहेको छ। उसो त प्रदेश सरकारले पनि वीरेन्द्रनगरलाई साइकलमैत्री शहर बनाउन २ करोड बजेट विनियोजन गरेको छ। वीरेन्द्रनगरको सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल लेन बनाउन रकम विनियोजन गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।