शनिबार, वैशाख ८, २०८१

सिरिन्च आक्रमणका आरोपी छुटे लगत्तै फेरि समातिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- काठमाडौं उपत्यकामा सिरिन्च आक्रमणको आतंक फैलाउएको अभियोगमा पक्राउ परेका रामेछापका  सन्तोष कार्की धरोटीमा छुटेलगतै पुनः पक्राउ परेका छन् ।

जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएपछि कार्की तीन लाख धरौटी बुझाएर छुटेका थिए । उनी छुटेलगतै पुनः महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाईने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाकारी दिए। यसअघि असार १२ गते उनलाई महिलामाथि तिखो बस्तुले आक्रमण गरेर आतंक फैलाएको अभियोगमा पक्राउ गरि मुद्दा चलाइएको थियो । 

कार्कीले मात्रै डल्लु क्षेत्रमा ४ जना महिलामाथि तिखो वस्तुले घोचेका थिए । यो घटना बाहिर आएपछि काठमाडौंलगायतका देशका विभिन्न ठाउँमा सिरिन्च आतंक फैलिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।