बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३  पुग्यो : सबैको शनाखत

गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३  पुग्यो : सबैको शनाखत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
गुल्मी- गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो ।

मृत्यु हुनेमा वडा नम्वर ४ लिम्घांका  ६५ वर्षीया छल्ली विक, २८ वर्षीया कम्बु विक, २५ वर्षीय निर्मला विक, १२ वर्षीया अञ्जली बिक, १० वर्षीय हेमन्त विक, ७ वर्षीया शिवानी बिक, डेढ वर्षीय सुमन विक र ७ वर्षीया तारा विक रहेको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताएका छन्  । 

त्यस्तै यता वडा नम्वर चार ठुलोलुम्पेकमा पनी ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा ३२ वर्षीया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र ६३ वर्षीय दुर्गाबहादुर सिञ्जालीको पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका छन् ।

ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेको छ । पहिरोमा परी ४० वर्षीया माया विक, उनका छोरा र १६ वर्षीय गबि विकको मृत्यु भएको  छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।